२३ फागुन । एन आई सी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी यस बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ ।
यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहक महानुभावहरूले १०० प्रतिशत वा अधिकतम रू. ५,००० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहक महानुभावहरूले पर्याप्त फाइदा उठाउदै आएका छन् ।
जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक रू. १५,४०० सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक रू. ६,००० सम्मको लाभ ग्राहक महानुभावहरूले लिइरहेका छन् । Digital First को रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भैसकेको यस बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रुपमा अघि बढिरहेको छ ।
वि.सं.२०७६ फागुन २३ शुक्रवार १४:०९ मा प्रकाशित



























