back
CTIZAN AD

९३ देशमा पुग्यो कोरोना, एक लाखमा संक्रमण

वि.सं.२०७६ फागुन २३ शुक्रवार

852 

shares

२३ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमण एक लाख भन्दा बढीमा देखिएका छ । पहिलो पटक गत डिसेम्बरमा चीनमा देखिएको उक्त भाइरसबाट यो समाचार तयार गर्दासम्म १ लाख १ सय ६२ जनामा संक्रमण देखिएको छ । ३ हजार ४०६ जनाले ज्यान गुमाइसकेका छन् ।

९३ देशमा पुगेको कोरोनाका ५५ हजार ८ सय १२ जना संक्रमित निको भइसकेका छन् । नेपालमा भने अहिलेसम्म कोरोनाका संक्रमित फेला परेका छैनन् । गत जनावरीमै चीनबाट आएका एक नागरिकमा संक्रमण देखिएपनि उनको उपचारपछि संक्रमणमुक्त भएसकेका छन् ।

चीनमा कोरोनाकै कारण तीन हजार ३ सय ८३ मानिसको ज्यान लिएको छ । चीनपछि इटालीमा ठूलो मानविय क्षति भएको छ । इटालीमा कोरोना भाइरसबाट १४८ जनाको ज्यान गैसकेको छ ।

यता इरानमा विदेश मन्त्रीका सल्लाहकारको कोरोना भाइरसका कारण मृत्यु भएको पछिल्लो समाचार प्राप्त भएको छ। बिहीबार साँझ सल्लाहकार होसेन सेखोलेस्लामको कोरोनाको कारण मृत्यु भएको इरानी समाचारपत्र आइआरएनएले जनाएको छ।

अहिलेसम्म इरानमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय १३ पुगिसकेको छ भने १ सय ७ जनाको मृत्यु भइसकेको जनाइएको छ। इरानी स्वास्थ्य मन्त्रीसहित अन्य ३३ सांसद पनि कोरोना संक्रमित भएको जनाइएको छ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १७:४६ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...