२३ फागुन, काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः गोविन्दप्रसाद ढकाल दोहोरिएका छन् ।
बैंक संचालक समितिको फागुन २२ गतेको बैठकले ढकाललाई आगामी ४ बर्षे कार्यकालका लागि सिईओ नियुक्त गरेको हो । सिइओ ढकालको कार्यसम्पादन प्रभावकारी रहेको मूल्यांकन गरी सञ्चालक समितिको बैठकले पुनः सिइओमा नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।
ढकालले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी ४ बर्षे कार्यकाल सम्हाल्ने छन् ।
वि.सं.२०७६ फागुन २३ शुक्रवार १७:४४ मा प्रकाशित






























