२३ फागुन, काठमाडौँ । पछिल्लो दिनयता दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले मास्कमा कमि हुन नदिन नयाँ व्यवस्था गरेको छ । जसअनुसार मास्क किन्न परिचयपत्र देखाउनु पर्ने व्यवस्था लागू गरिएको छ । आज शुक्रबारदेखि परिचयपत्र देखाएर हप्ताको बढिमा २ वटा मास्क बेच्ने सरकारले घोषणा गरेको हो ।
एकैजनाले धेरै नकिनोस, सबैले किन्ने बराबर अबसर पाओस भनेर सरकारले सबै औषधी पसलमा यस्तो व्यवस्था गरिएको बताइएको छ ।
नाबालकको लागी अभिभावकले नाता प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ। बुढाबुढी अनी अस्क्तहरुले समस्या देखाएर लिन सक्छन् ।
जन्मबर्षको जोड बिजोड प्रणाली अनुसार मास्क बेचिने बार पनि फरक हुनेछ।
दक्षिण कोरियामा रहेका डा भानु श्रेष्ठ सरकारको यो व्यवस्थाबाट सरकारले धेरै नै आलोचना खेप्नु पर्ने अवस्था सिर्जना हुने बताउँछन् । जस्तो बुढाबुढी पनि आफै उपस्थित हुनु पर्ने हुँदा यो व्यवस्थामा सरकारले आलोचना खेप्नु पर्ने उनको तर्क छ । ‘मास्क भनेको कुनै औषधी या भ्याकसीन होइन, अस्थाई रुपमा केहि हदसम्म संक्रमण कम गर्ने मात्र हो। जेहोस कोविड १९ को संक्रमणको दर धेरै नै घट्दो भएकोले केही हप्ता भित्रै नियन्त्रणमा आउने अड्कल गरिएको’ उनको भनाइ छ ।
बिदेशीहरुले मास्क प्राप्त गर्न स्वस्थबिमाको प्रमाणपत्र र बिदेशी दर्ता प्रमाणपत्र (परिचय पत्र) देखाउनु पर्दछ । यो मार्च ९ तारिख देखी लागू हुने बताइएको छ ।
आफ्नो जन्मवर्षको अन्तिम संख्या १ र ६ भएकाले सोमबार, २ र ७ हुनेले मंगलबार, ३ र ८ हुनेले बुधबार, ४ र ९ हुनेले विहिबार र ५ हुनेले शुक्रबार मात्र किन्न पाउने छन् । यी बारहरुमा नकिनेमा शनिबार किन्न पाउने ब्यबस्था गरिएको छ।
शुक्रबार सम्म कोरियामा १०८ जना उपचार पछि घर फर्किएका छन् भने ६ हजार ५ सय ९३ जना मानिस संक्रमित भएका छन् भने ४३ जनाको मृत्यु भएको तथ्याङ्क छ ।
वि.सं.२०७६ फागुन २३ शुक्रवार १७:२० मा प्रकाशित






























