back
CTIZAN AD

नेकपामा गम्भिर द्वन्द्व, ईश्वर पोखरेलद्वारा सचिवालयको निर्णय नमान्ने चेतावनी

वि.सं.२०७६ फागुन २४ शनिवार

885 

shares

२४ फागुन, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र द्वन्द्व बढेर गएको छ । नेकपा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सचिवालयको संस्थागत निर्णय नमान्ने चेतावनी दिएका छन् ।

निश्चित योजनाका साथ अन्र्त निर्णय गरेर विधान विपरित लादिएका निर्णय मान्न नसकिने भन्दै उनले पार्टीमा बहुमत र अल्पमतको सट्टा सहमतिय आवश्यकतालाई संस्मरण गराएका छन् ।

शनिबार साँझ कान्तिपुर टेलिभिजनसँगको प्रतिक्रियात्मक अन्तर्वातामा उनले सहमतिलाई मान्नु पर्ने पार्टीले घेराबन्दी भोग्नुपरेको समेत बताएका छन् ।

नेता वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको संस्थागत निर्णय समेत पुनरावलोकन गरिने बताउँदै उनले पार्टी नयाँ ढंगबाट अघि बढ्ने जनाउ दिएका छन् ।

मदन भण्डारी प्रतिष्ठानको कार्यक्रममा वरिष्ठ नेता माधव नेपालले बोलेको विषय, प्रधानमन्त्री केपी शर्मा ओलीको अडान र सुध्रिएको स्वास्थ्यस्थित सँगै नेता ईश्वर पोखरेलद्वारा आएको पछिल्लो प्रतिक्रियाबाट पूर्वमाओवादी पक्ष झस्किएको छ ।

ईश्वर पोखरेलको यो प्रतिक्रियाले नेकपा गम्भिर द्वन्द्वमा पुग्ने अड्कल गरिएको छ ।

वि.सं.२०७६ फागुन २४ शनिवार २१:०१ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...