back
CTIZAN AD

सेयर कारोबार : फेरी अर्को एक घण्टा किन थप गर्ने माठ्साप ?

वि.सं.२०७६ फागुन २४ शनिवार

1.4K 

shares

सेयर कारोबारको लागी अहिलेको चार घण्टाको कारोबार समयलाई बढाएर ५ घण्टा पुर्‍याउनु पर्ने माग गरिएको छ । शेयर बजारसम्बन्धी टिप्पणी गर्दै आएका रोहण शर्मा कारोबार प्रणालीमा आएका समस्या समाधान नगरी थप समय बढाउने माग माग काशी जानु कुतीको बाटो सरह भएको बताउँछन् । अनलाइन कारोबारमा अहिले आएका समस्याहरु समाधान हुने हो भने बजारले कारोबारको लागी आफै थप समय माग्ने उनको भनाई छ । अनलाइन कारोबारमा देखिएका समस्या समाधानका लागि व्यङ्गात्मक रुपमा उनले निम्न सुझाव दिएका छन् ।

उनले लेखेका छन् :

सेयर कारोबारको लागी समय थप गर्ने सन्दर्भमा !
कारोबार समय थप गर्ने बिषयलाई एकैछिन थाँती राखेर,
• समय समयमा ह्याङ हुने अनलाईन कारोबार प्रणालीलाई श्वस्थ र दुरुस्त बनाईयोस्।
• कारोबार बढ्दा खुल्न आनाकानी गर्ने र प्राथमिका निश्काशनका क्रममा आवेदन दिन बेलुकी र रातीको समय कुर्नुपर्ने सिडिएससीको ‘मेरो सेयर’ लाई आवश्यक भिटामिन खुवाई बलियो बनाईयोस्।
• बारम्बार भन्दै आएको अर्को कुरा अत्यावश्यक पर्दा कोमामा जाने नेप्सेको वेबसाईटको मुख्य रोग पत्ता लगाएर छिटो भन्दा छिटो उपचार गरियोस्।
• पुर्ण भनिएको तर बास्तबमा अपुर्ण स्वचालित अनलाईन प्रणालीमा बैंक ईन्टिग्रेसनको काम गरी प्रणालीलाई ईण्ट्राडे ट्रेडिङमा स्तररोन्नती गरियोस्।
अनि बल्ल यसपछी बजारले कारोबारको लागी थप समय आफै माग्नेछ, तपाईहरु अहिले नै जबर्जस्ती किन दिन चाहनुहुन्छ ?

माथीका तमाम कुराहरुलाई थाँती राखेर अहिलेको चार घण्टाको कारोबार समयलाई बढाएर ५ घण्टा पुर्‍याउनु भनेको काशी जानु कुतीको बाटो सरह हो भन्ने आम लगानीकर्ताको बुझाई रहेको छ।

हालको चार घण्टाको कारोबार समय मद्धे अहिले पनि २ घण्टा त सरोकारवालाहरुको लागी निदाउने समय झै रहेको हुँदा आराम गर्न कै लागी भनेर फेरी अर्को एक घण्टा किन थप गर्ने माठ्साप ?

वि.सं.२०७६ फागुन २४ शनिवार १७:२३ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...