back

सेयर कारोबार : फेरी अर्को एक घण्टा किन थप गर्ने माठ्साप ?

वि.सं.२०७६ फागुन २४ शनिवार

954 

shares
GLOBAL IME AD
NTC AD

सेयर कारोबारको लागी अहिलेको चार घण्टाको कारोबार समयलाई बढाएर ५ घण्टा पुर्‍याउनु पर्ने माग गरिएको छ । शेयर बजारसम्बन्धी टिप्पणी गर्दै आएका रोहण शर्मा कारोबार प्रणालीमा आएका समस्या समाधान नगरी थप समय बढाउने माग माग काशी जानु कुतीको बाटो सरह भएको बताउँछन् । अनलाइन कारोबारमा अहिले आएका समस्याहरु समाधान हुने हो भने बजारले कारोबारको लागी आफै थप समय माग्ने उनको भनाई छ । अनलाइन कारोबारमा देखिएका समस्या समाधानका लागि व्यङ्गात्मक रुपमा उनले निम्न सुझाव दिएका छन् ।

उनले लेखेका छन् :

सेयर कारोबारको लागी समय थप गर्ने सन्दर्भमा !
कारोबार समय थप गर्ने बिषयलाई एकैछिन थाँती राखेर,
• समय समयमा ह्याङ हुने अनलाईन कारोबार प्रणालीलाई श्वस्थ र दुरुस्त बनाईयोस्।
• कारोबार बढ्दा खुल्न आनाकानी गर्ने र प्राथमिका निश्काशनका क्रममा आवेदन दिन बेलुकी र रातीको समय कुर्नुपर्ने सिडिएससीको ‘मेरो सेयर’ लाई आवश्यक भिटामिन खुवाई बलियो बनाईयोस्।
• बारम्बार भन्दै आएको अर्को कुरा अत्यावश्यक पर्दा कोमामा जाने नेप्सेको वेबसाईटको मुख्य रोग पत्ता लगाएर छिटो भन्दा छिटो उपचार गरियोस्।
• पुर्ण भनिएको तर बास्तबमा अपुर्ण स्वचालित अनलाईन प्रणालीमा बैंक ईन्टिग्रेसनको काम गरी प्रणालीलाई ईण्ट्राडे ट्रेडिङमा स्तररोन्नती गरियोस्।
अनि बल्ल यसपछी बजारले कारोबारको लागी थप समय आफै माग्नेछ, तपाईहरु अहिले नै जबर्जस्ती किन दिन चाहनुहुन्छ ?

माथीका तमाम कुराहरुलाई थाँती राखेर अहिलेको चार घण्टाको कारोबार समयलाई बढाएर ५ घण्टा पुर्‍याउनु भनेको काशी जानु कुतीको बाटो सरह हो भन्ने आम लगानीकर्ताको बुझाई रहेको छ।

हालको चार घण्टाको कारोबार समय मद्धे अहिले पनि २ घण्टा त सरोकारवालाहरुको लागी निदाउने समय झै रहेको हुँदा आराम गर्न कै लागी भनेर फेरी अर्को एक घण्टा किन थप गर्ने माठ्साप ?

वि.सं.२०७६ फागुन २४ शनिवार १७:२३ मा प्रकाशित

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९८...

अर्थमन्त्री र काँग्रेस सभापतिबिच आगामी बजेटबारे छलफल

अर्थमन्त्री र काँग्रेस सभापतिबिच आगामी बजेटबारे छलफल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति...

नीति तथा कार्यक्रम : खराब कर्जा व्यवस्थापन गर्न छुट्टै कम्पनी, नेप्सेको पुनःसंरचना गरिने

नीति तथा कार्यक्रम : खराब कर्जा व्यवस्थापन गर्न छुट्टै कम्पनी, नेप्सेको पुनःसंरचना गरिने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति र खराब...

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने

काठमाडौँ । सार्वजनिक-निजी साझेदारी (पिपिपी) अवधारणामा पूर्वाधार विकासका क्षेत्रमा महत्वाकाङ्क्षी...

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...