back
CTIZAN AD

कोरोनाको सन्त्रास, उपत्यकाका सहर सुनसान प्राय,के भन्छन् त व्यवसायी ? (फोटो फिचर)

वि.सं.२०७६ फागुन २४ शनिवार

1.3K 

shares

२४ फागुन, काठमाडौं । कोरोना भाइरसको त्रास फैलिएसंगै राजधानी काठमाडौमा चहलपहल निकै घटेको छ । चहलपहल घटेसंगै, होटलहरुमा जाने ग्राहकको संख्यामा उल्लेख्य कमी आएको संचालकहरुले बताएका छन् ।

यस्तै सार्बजनिक सवारी साधनको संख्या पनि घटेको छ । बागबजार, रत्नपार्क, ठमेल, असन, इन्द्रचौक, बसन्तपुर, न्यूरोड लगायतका अति ब्यस्त रहने क्षेत्रहरु सुनसान प्राय देखिका छन् ।

शुक्रबार दिउँसो २.३० बजे रत्नपार्कमा गाडी कुर्दै सर्बसाधारण

 

भोटाहिटीमा देखिएको चहलपहल, व्यवसायीका अनुसार यो चहलपहल सधै भन्दा कम हो ।

 

सुनसन प्राय काठमाडौं वटुको होलसेल बजार । प्राय व्यस्त रहने यो बजा शुक्रबार तीन बजे सुनसान थियो ।

ब्यापार ब्यबसाय गर्ने मानिसहरु ग्राहकको  प्रतिक्षामा बसेकाछन । तर चहलपहल नहुँदा प्रायः मोबाइलमा ब्यस्त देखिए । मोबाईलबाट सामाजिक सञ्जालको प्रयोग गर्ने, गेम खेल्ने भिडियो हेरेर दिन कटाउने गरेको अधिकांसको भनाई छ ।

 

काठमाडौंको वसन्तपुर दरबार क्षेत्र पनि सुनसान नै छ । अधिक मात्रामा बिदेशि पर्यटकहरुको जमघट हुने सो ठाउँमा छिटफूट रुपमा बिदेशि पर्यटकहरु देखिए । काठमाडौं महनगरपलिकाले प्रत्यक्ष निगरानी गर्दै आएको उक्त ठाउँमा खटाईएका महानगर कर्मचारिहरुले भने भाइरससंग सम्बन्धीत सुरक्षात्मक उपायाहरु नअपनाईएको पाईयो । माहनगरपलिकाले मास्क तथा सेनिटाईजरको प्रबन्ध नगरेको उनीहरुको गुनासो छ ।

 

बिदेशि पर्यटकहरुको आगमनमा ४० प्रतिशत ह्रास आईसकेको पर्यटनसंग सम्बद्ध बिज्ञहरुले बताएका छन ।

बजारमा सुरक्षात्मक मास्कको अभाब छ । कपडाबाट बनेका मास्कहरु पनि साविक मूल्य भन्दा महंगोमा बिक्रिबितरण भैरहेका छन । मास्क बनाउने कच्चा पदार्थको स्रोत पनि चीन नै भएकोले अहिले कच्चा पदार्थको अभाब छ । त्यहि भएर मक्सको बजार भाउ पनि दोब्बरले बढेको व्यवसायीहरुको भनाई छ ।


“मास्कको सटेज छ,,यो भर्खरै आई पुगेको कपडाको जाली मास्क पनि २० रुपैंयाँमा बेच्नुपर्ने भएको छ ।”महाबौंद्धमा मास्ककोे होलसेल व्यापार गर्दै आएकी एक व्यवसायीले भनिन् -यो मास्क पहिला १० रुपैयांमा बेच्थ्यौ ।”

बजारमा सुरक्षित मास्क र स्प्रिटयुक्त सेनिटाईजरको अभाब छ । केहि व्यवसायीले शुक्रबार बेलुकासम्म सेनिटाईजर उपलब्ध हुने बताए ।

काठमाडौंको महाबौद्धमा चीनबाट आयतहुने तयारी कपडा, खेलौना, इलेक्ट्रोनिक्स सामाग्री लगायतको होलसेलबजारको रुपमा परिचित छन् । त्यहाँपनि सुनसान नै देखियो । ‘चीनबाट सामान आएको छैन । मानिसको चहलपहल पनि छैन ।’ ब्यबसायी सागर पौडेलले भने “ब्यापार चौपट्ट छ, यस्तो अबस्था त ७२ को भुइचालोको बेला पनि थिएन ।” पौडेल विगत १५ वर्षदेखि माहाबौद्धमा मोवाइलका सामाग्रीहरुको ब्यापार गर्दै आएका ब्यबसायी हुन् ।

अस्पतालहरुमा पनि मानिसहरुको चहलपहल कम भएको देखिन्छ । काठमाडौको सरकारी अस्पताल बिर अस्पतालमा बिगतका दिनहरुमा भन्दा चहलपहल कम भएको एक सूरक्षा गार्डले बताए । प्राय भिडभाड हुने अस्पताल र आसपासका औषधी पसलहरु समेतमा न्यून चहलपहल देखिन्छ ।

दैनिक प्रयोग हुने खाद्यान्न र तरकारी पसलमा भने भिडभाड छ । मैतीदेवीमा किराना होलसेल पसल गर्ने पुष्प कार्कीको अनुभबमा बिगत ५ दिनमा अत्यधिक व्यापार भएको छ । ‘यति धेरै ब्यापार भएको छ की, समान बेच्न पनि भ्याइ नभ्याई छ ।’ कार्कीले भने ।

हल्लाका कारण मनिसहरु खाद्यान्न तथा इन्धनको जोहो गर्नतिर लाग्दा समग्र अर्थतन्त्र नै एकपाटे हुने अबस्था सृजना हुने अर्थशास्त्रीहरुको भनाई छ । सोमबार मात्र हल्लैहल्लाका बिच राजधानीका कतिपय ठाउँमा ग्याँस सिलिण्डरको लाईन लाग्ने अवस्था सृजना भएकोछ ।

एसियाली बिकास बैंकले कोरोना भाइरसका कारण विश्वको आर्थिक बृद्धि ०.१ देखि ०.४ प्रतिशत सम्म घट्न सक्ने प्रक्षेपण गरेको छ । नेपालको अर्थतन्त्रमा पनि करिब चार अरबको क्षति पुग्न सक्ने उसको आँकलन छ ।

वि.सं.२०७६ फागुन २४ शनिवार १६:१३ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...