back

जिप दुर्घटना – चालकको मृत्यु, ६ जना घाइते

वि.सं.२०७६ फागुन २५ आइतवार

474 

shares
GLOBAL IME AD
NTC AD

२५ फागुन, बैतडी । धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । सो राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ पनतोलीमा सो जिप आज बिहान सडकबाट २५० मिटर तल खसेर दुर्घटना परेको थियो ।

मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल र घाइते हुनेमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । घाइतेको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र सिफारिशको तयारी भएकोे जनाइएको छ । रासस

वि.सं.२०७६ फागुन २५ आइतवार ०८:१९ मा प्रकाशित

तीन पालिकामा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालन

तीन पालिकामा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालन

बैतडी । जिल्लाको पाटन नगरपालिका, सुर्नया र डिलाशैनी गाउँपालिकाका विभिन्न...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

कैलाली । कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र...

भूमिहीन भएको चवालीस वर्षपछि जग्गाधनी

भूमिहीन भएको चवालीस वर्षपछि जग्गाधनी

राँझा (बाँके) । पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि...

छ महिनापछि गाउँ फर्किए टिंकरवासी

छ महिनापछि गाउँ फर्किए टिंकरवासी

नरेन्द्रसिंह कार्की, दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय...

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक...