back
CTIZAN AD

काठमाडौं भ्यूटावर बनाउने ठेकेदार भेटवालद्धारा आत्मासमर्पण

वि.सं.२०७६ फागुन २७ मंगलवार

1.1K 

shares

२७ फागुन, काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको ३२ तले ‘काठमाडौं भ्यूटावर’ ठेक्का लिएर निर्माण कार्य गरिरहेका ठेकदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेका हुन् ।

प्रहरीले उनको खोजी तीव्र बनाइरहेकै बेला भेटवालले आत्मसमर्पण गरेको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताए । तेह्रथुम घर भएका भेटवाललाई बैंकिङ कसुर गरेको अभियोगमा प्रहरीले खोजी गरिरहेको थियो । मनोजले दिएको ७५ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीबिरुद्ध बैंकिङ कसुरको जाहेरी प्रहरीमा दर्ता भएको थियो ।

सात अर्ब ६४ करोड रुपैयाँको लागतमा टावर बनाइरहेका भेटवालले ७५ लाख रुपैयाँमा किन ठगी गरे भन्ने स्पष्ट हुन सकेको छैन । त्यसो त पछिल्लो समय उनको निर्माण कम्पनी आर्थिक संकटमा फसेको थियो । भेटवाल आर्थिक संकटमा फसेपछि टावर निर्माण पनि अलपत्र परेको छ ।

वि.सं.२०७६ फागुन २७ मंगलवार ११:५९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...