back
CTIZAN AD

१७ वर्षदेखि फरारजनासहित तीन पक्राउ

वि.सं.२०७६ फागुन २७ मंगलवार

1.1K 

shares

२७ फागुन, सिरहा । कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर विगत १७ वर्षदेखि फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले सोमबार एकै दिन पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय पाएर विसं २०५९ देखि फरार सिरहाको साविक खरुकियाही गाविस–५ हाल लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुकियाही निवासी ५५ वर्षीय भोला यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको गस्ती टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्र्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यसैगरी कुटपिट मुद्दामा पुनरावेदन अदालत जनकपुर राजविराजबाट एक महिना १५ दिन कैद र रु ७०० जरिवानाको सजाय पाएर विसं २०६१ देखि फरार सिरहाको प्रपि–७ निवासी ४५ वर्षीय रामअशिष यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

त्यस्तै जिल्ला अदालत सिरहाबाट लेनदेन बिगो मुद्दामा तीन महिना कैद जरिवाना सजाय पाएर फरार सिरहाको अर्नामा गाउँपालिका–५ निवासी ५० वर्षीय भुलनीदेवी सदायलाई पक्राउ गरेको छ । अदालतले लेनदेन बिगो मुद्दामा विसं २०७६ मङ्सिर २० गते सदायलाई कैद सजायको फैसला गरेको थियो ।

अदालतको आदेशपश्चात फरार सदायलाई इलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको जनाएको छ । रासस

वि.सं.२०७६ फागुन २७ मंगलवार १२:२० मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...