back

मुख्यमन्त्री राउत महामूर्ख र राजपा सांसद मनिष सुमन पटमूर्ख घोषित

वि.सं.२०७६ फागुन २७ मंगलवार

525 

shares
GLOBAL IME AD
NTC AD

२७ फागुन,  जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यस वर्षको महामूर्ख घोषित भएका छन ।

प्रदेश सांसद मनिष सुमनलाई पटमूर्ख, परमेश्वर साहलाई भभकैवा, रामचन्द्र मण्डललाई सिलौटशंकर र रामआशिष यादवलाई हराशंखको उपाधि दिइएको छ ।

होलीको पुर्व सन्ध्यामा जनकपुरधाम स्थित मिथिला नाट्यकला परिषद (मिनाप) द्वारा आयोजित महामूर्ख सम्मेलनमा मुख्यमन्त्री राउतलाई सो उपाधिबाट सम्मानित गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री राउतलाई फर्सीको टोपी र घिरौला लगायतका तरकारीको माला लगाई महामूर्ख सम्मानपत्र सहित सम्मानित गरिएको थियो ।

‘यो क्षण हाम्रो लागी अविस्मरणीय रहनेछ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने ‘आजसम्म म कतै पनि महामूर्ख बनेको थिइन तर यहाँ आएर महामूर्खको उपाधि पाएर आफू गौरवान्ति भएको छु’ ।

सो सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता मिश्रलाई टुनमुसरी, साहित्यकार रोशन जनकपुरीलाई बैलघोगना, वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका निर्देशक बलराम ठाकुरलाई खेसारी लाल, पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम रौनियारलाई खाबसुरतको उपाधि दिइएको छ ।

त्यस्तै प्रधानाध्यापक बलिराम साहलाई बज्रकीट, कवित्री पूनम मिश्रलाई अदलबदली, रामानन्द युवा क्लबका पुर्व अध्यक्ष जीवनाथ चौधरीलाई घर घुसना, नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रलाई लोहाशंकर र युवा अभियन्ता शुशिल कर्णलाई वंशकुरहरको उपाधि दिइएको हो ।
महामूर्ख सम्मेलनमा विशिष्ट व्यक्तिहरुलाई विभिन्न हास्य उपाधि दिएसंगै कविता वाचन र होलीको लोकगीत र होरैया गीत समेत प्रदर्शन गरिएको थियो । कविहरुले देश र प्रदेशको वर्तमान राजनीतिक परिवरेश र बढदै गएको भ्रष्टाचारमा कक्षा गर्दै कविता वाचन गरेको थियो ।
समाजमा देखिएका विकृतिहरुमाथि व्यंगगर्दै त्यसलाई सुधार गर्न सम्बन्धीत निकायहरुको ध्यानाकर्षण गराउने सहितका र प्रदेशको रुपान्तरणका लागि बेटी पढाउ बेटी बचाउ, छोरी शिक्षा बीमा, दलित शसक्तिकरण र महिला आरक्षण बारे प्रदेश सरकारले चलाएको अभियान प्रभावकारी रहेको सन्देश दिन गरी नाटक मंचन गरिएको थियो

कार्यक्रमको उद्घाटन प्रदेशका मन्त्रीहरु महिलाप्रति आकर्षित हुने गरेको र प्रधानमन्त्री केपी शर्मा ओली मधेशलाई कसरी फुट गराइरहेको रहेको शिर्षकको हास्य नाट्य मंचनबाट गरिएको थियो ।

होलीको अवसरमा जनकपुरमा प्रत्येक वर्ष मनोरञ्जनात्मक कविता, गीत वाचनका साथै राजनीतिक र साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई महामूर्खहरुको उपाधि दिइदैं आएको छ ।

अघिल्ला वर्षहरुमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, पुर्वमन्त्री एवं नेकपाका नेता रामचन्द्र झा, राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाल, साहित्यकार डा.राजेन्द्र विमल लगायतका व्यक्तिहरु महामुर्खको उपाधि पाइसकेका छन ।

वि.सं.२०७६ फागुन २७ मंगलवार ११:५७ मा प्रकाशित

यौन धन्दामा लगाउने एक महिला पक्राउ

यौन धन्दामा लगाउने एक महिला पक्राउ

पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा वीरगंज...

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु...

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने...