back
CTIZAN AD

मुख्यमन्त्री राउत महामूर्ख र राजपा सांसद मनिष सुमन पटमूर्ख घोषित

वि.सं.२०७६ फागुन २७ मंगलवार

885 

shares

२७ फागुन,  जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यस वर्षको महामूर्ख घोषित भएका छन ।

प्रदेश सांसद मनिष सुमनलाई पटमूर्ख, परमेश्वर साहलाई भभकैवा, रामचन्द्र मण्डललाई सिलौटशंकर र रामआशिष यादवलाई हराशंखको उपाधि दिइएको छ ।

होलीको पुर्व सन्ध्यामा जनकपुरधाम स्थित मिथिला नाट्यकला परिषद (मिनाप) द्वारा आयोजित महामूर्ख सम्मेलनमा मुख्यमन्त्री राउतलाई सो उपाधिबाट सम्मानित गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री राउतलाई फर्सीको टोपी र घिरौला लगायतका तरकारीको माला लगाई महामूर्ख सम्मानपत्र सहित सम्मानित गरिएको थियो ।

‘यो क्षण हाम्रो लागी अविस्मरणीय रहनेछ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने ‘आजसम्म म कतै पनि महामूर्ख बनेको थिइन तर यहाँ आएर महामूर्खको उपाधि पाएर आफू गौरवान्ति भएको छु’ ।

सो सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता मिश्रलाई टुनमुसरी, साहित्यकार रोशन जनकपुरीलाई बैलघोगना, वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका निर्देशक बलराम ठाकुरलाई खेसारी लाल, पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम रौनियारलाई खाबसुरतको उपाधि दिइएको छ ।

त्यस्तै प्रधानाध्यापक बलिराम साहलाई बज्रकीट, कवित्री पूनम मिश्रलाई अदलबदली, रामानन्द युवा क्लबका पुर्व अध्यक्ष जीवनाथ चौधरीलाई घर घुसना, नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रलाई लोहाशंकर र युवा अभियन्ता शुशिल कर्णलाई वंशकुरहरको उपाधि दिइएको हो ।
महामूर्ख सम्मेलनमा विशिष्ट व्यक्तिहरुलाई विभिन्न हास्य उपाधि दिएसंगै कविता वाचन र होलीको लोकगीत र होरैया गीत समेत प्रदर्शन गरिएको थियो । कविहरुले देश र प्रदेशको वर्तमान राजनीतिक परिवरेश र बढदै गएको भ्रष्टाचारमा कक्षा गर्दै कविता वाचन गरेको थियो ।
समाजमा देखिएका विकृतिहरुमाथि व्यंगगर्दै त्यसलाई सुधार गर्न सम्बन्धीत निकायहरुको ध्यानाकर्षण गराउने सहितका र प्रदेशको रुपान्तरणका लागि बेटी पढाउ बेटी बचाउ, छोरी शिक्षा बीमा, दलित शसक्तिकरण र महिला आरक्षण बारे प्रदेश सरकारले चलाएको अभियान प्रभावकारी रहेको सन्देश दिन गरी नाटक मंचन गरिएको थियो

कार्यक्रमको उद्घाटन प्रदेशका मन्त्रीहरु महिलाप्रति आकर्षित हुने गरेको र प्रधानमन्त्री केपी शर्मा ओली मधेशलाई कसरी फुट गराइरहेको रहेको शिर्षकको हास्य नाट्य मंचनबाट गरिएको थियो ।

होलीको अवसरमा जनकपुरमा प्रत्येक वर्ष मनोरञ्जनात्मक कविता, गीत वाचनका साथै राजनीतिक र साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई महामूर्खहरुको उपाधि दिइदैं आएको छ ।

अघिल्ला वर्षहरुमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, पुर्वमन्त्री एवं नेकपाका नेता रामचन्द्र झा, राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाल, साहित्यकार डा.राजेन्द्र विमल लगायतका व्यक्तिहरु महामुर्खको उपाधि पाइसकेका छन ।

वि.सं.२०७६ फागुन २७ मंगलवार ११:५७ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...