back
CTIZAN AD

श्रीमान्माथि तेजाव प्रहार ! तीनमहिने शिशुसँगै आमा थुनामा

वि.सं.२०७६ फागुन २८ बुधवार

699 

shares

२८ फागुन, काठमाडौँ । तार्केश्वर नगरपालिका ४ काठमाडौँको पुरानो गुह्येश्वरीमा श्रीमान श्रीमतीबीच विवाद बढ्दै जाँदा श्रीमतीले श्रीमानमाथि तेजाब प्रहार गरेकी छिन् ।

तार्केश्वर पुरानो गुह्यश्वरीको एक घरमा भाडामा बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि उनकी श्रीमती प्रतिमाले विवाद बढ्दै जाँदा तेजाब आक्रमण गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरका अनुसार सोमबार राति घरमा सुतिरहेका बेला थापामाथि तेजाब प्रहार भएको हो । घरमा झ्यालढोका लगाएको तथा कोठाभित्रै सुतिरहेको अवस्थामा श्रीमतीबाट तेजाव आक्रमण भएको प्रहरीको भनाइ छ ।

प्रहरीले प्रतिमालाई मंगलबार नै पक्राउ गरेको छ । उनीसँगै उनका तीन महिनाका बच्चालाई समेत प्रहरीको रेखदेखमा बालाजु वृत्तमा राखिएको छ । ‘हामीले बच्चालाई रेखदेखमा रहने गरी राखेका छौं, महिला प्रहरीमार्फत बच्चाको हेरचाह गर्ने र आमासँगै राखेर दूध खुवाउने व्यवस्था गरिएको छ,’ डीएसपी राठौरले भने ।तेजाब आक्रमणपछि घाइते भएका थापाको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार तथा हातमा तेजाबको असर छ । उनी खतरामुक्त छन् ।बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ फागुन २८ बुधवार ०७:४५ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...