back
CTIZAN AD

प्रधानमन्त्रीलाई थप उपचारको लागि सिंगापुर लैजानेबारे यसो भन्छन् प्रेस सल्लाहाकार थापा

वि.सं.२०७६ फागुन २८ बुधवार

921 

shares

२८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको एक साता पुगेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा डिटेलमा जानकारी नदिईको भन्दै बिभिन्न अड्कलबाजी भैरहेका छन् । केही सञ्चार मध्यमहरुमा प्रधानमन्त्रीलाई थप उपचारको लागि सिंगापुर लैजाने तयारी भैरहेको समाचार प्रकाशन भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले त्यसको खण्डन गरेका छन् ।

उनले भने, त्यो एक सय एक प्रतिशत झुट हो, अनावश्यक स्रोतको हवला दिएर दुष्प्रचार नर्गन म आब्हान गर्छु ।प्रधानमन्त्री ओलीको डिस्चार्जको विषयमा थापाले भने, ‘उहाँको उपचार गर्ने चिकित्सकको निर्णय अनुसार प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिँदै छ । बजारको हल्ला हेरेर डिस्चार्ज गरिहाल्ने कुरा हुँदैन ।’

थापाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अपेक्षित गतिमा सुधार भइरहेको छ । सामाजिक सञ्जालमा थापाले लेखेका छन्,’ उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ । उहाँ आफैले दार्‍ही काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’

मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्य सिंह शाहले प्रधानमन्त्री ओलीलाई छिट्टै अस्पतालबाट डिस्चार्ज गरिने बताएकी थिइन् । उनले प्रधानमन्त्रीका परिवारले नै केही दिन अस्पतालमा राख्न आग्रह गरेकाले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज नगरीएको बताएकी थिइन् ।

वि.सं.२०७६ फागुन २८ बुधवार १३:१७ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...