back

हरेक नेपालीको थाप्लोमा ३७ हजार तीन सय ऋण

वि.सं.२०७६ फागुन २८ बुधवार

150 

shares
NTC AD
Global IME AD

२८ फागुन, काठमाडौं । अर्थ मन्त्रालयका अनुसार नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नाघेको छ । माघसम्ममा नेपालको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।

नेपालको ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँलाई आजको जनसंख्या २ करोड ९८ लाख ८५ हजार ३ सय ९६ ले भाग गर्दा हरेक नेपालीको भागमा ३७ हजार ३ स २ रुपैयाँ ऋण पर्न आउँछ ।

चालु आर्थिक वर्षको ७ महिनामा सरकारले २५ अर्ब ५० करोड रुपैयाँ ऋण तिरेको छ । सरकारले आन्तरिकतर्फ २ अर्ब ४० करोड रुपैयाँ साँवा र १० अर्ब ६५ करोड रुपैयाँ ब्याज तिरेको छ । यस्तै बाह्यतर्फ १० अर्ब ३२ करोड रुपैयाँ साँवा र २ अर्ब १३ करोड रुपैयाँ ब्याज तिरेको अर्थ मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७६ फागुन २८ बुधवार १७:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...