back
CTIZAN AD

बराल बन्धुले ल्याए नयाँ गजल गीत ‘हलचल जिन्दगीमा’ (भिडियोसहित)

वि.सं.२०७६ फागुन २८ बुधवार

819 

shares

न्युयोर्क । केहि बर्ष देखि बिश्वको ध्यान तान्ने सहर न्युयोर्कमा धेरै नेपाली गीतका म्युजिक भिडीयो र फिल्मका सिनहरु सुटिङ्ग हुन थालेका छन् । नेपाली कला प्रेमिहरुको बसाई बाक्लिन थालेपछी यस्ता सुटिङ्गहरु भईरहेको कला प्रेमीहरु बताउछन् ।

डेढ़ दशक देखि साहित्य लेखनमा सक्रिय पुष्कर बरालको शब्दमा करोडौका लोकप्रिय गायक बादलुको घुम्टोले, निष्टुरीले छाडेर गईहाली, माया बस्यो मुटुमा, मन रहे पो माया प्रिती जस्ता सयौ हिट गीत नेपाली सांगीतिक क्षेत्रलाई दिन सफल भएका उनै गायक यम बरालको अर्को नयाँ गजल गीत ‘हलचल जिन्दगीमा’ भर्खरै युटुबबाट स्रोता माझ आएको छ ।

जादुमयी स्वरका धनि यम बरालले यो गजल गीतमा आफै संगीत भरेका छन् ।

यता यस्तै उता त्यस्तै हलचल जिन्दगीमा,
किन झर्छ आसु यहाँ पल(पल जिन्दगीमा…

यिनै र यस्तै यस्तै माया प्रेम, बिछोड, पिडा र मनका बहहरुलाई पुष्करले शब्दमा बुनेका छन् । गीतमा आँशुका कुरा छन् । प्रेमका कुरा छन् । बिछोड र उदासिपनका कुरा छन् । मान्छे जीवनमा एक न एक रुपमा एक्लो बन्छ र उसको जिन्दगीमा कस्ता कस्ता पिडाका बाढिहरु उर्लन्छन् भन्ने कुरालाई गजलकार गीतकारले शब्दमा एकदमै मार्मिक ढङ्गले उतार्न सफल भएको देखिन्छ ।

भिडीयोमा पछिल्लो समय अभिनयमा निकै ब्यस्त रहेकी नायिका र मोडल केकी अधिकारी तथा गजलकार पुष्कर बराललाई भिडीयोमा देख्न सकिन्छ भने भिडीयोमा कृश थापा र पृन्साले पनि सघाएका छन् ।

ओएसआर डिजीटल युटुब च्यानलबाट बजारमा आएको यो गजल गीतलाई बिक्की पुलामी मगरले भिडीयो निर्देशन गरेका छन् भने प्रज्वल पन्तले भिडीओ खिचेका हुन् ।

म्युजिक भिडीयो हेर्नको लागी

वि.सं.२०७६ फागुन २८ बुधवार १७:३८ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...