back

कांग्रेस केन्द्रीय कार्यालयमा बसेको पौडेल पक्षको बैठकले गर्यो यस्तो निर्णय

वि.सं.२०७६ फागुन २८ बुधवार

411 

shares
GLOBAL IME AD
NTC AD

फाइल तस्विर

२८ फागुन, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णयप्रति असन्तुष्ट जनाउँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कांग्रेस केन्द्रीय कार्यलयमै बैठक गरेको छ । यसअघि आफूनिकट नेताहरुको घरमा जमघट हुँदै आएको पौडेल पक्षले बुधबार भने पार्टी केन्द्रीय कार्यलयमै बैठक गरेको हो ।

सभापतिले पश्चिम नवलपरासीका कार्यवाहक सभापति अर्जुन पोखरेललाई हटाएकोप्रति पौडेल पक्षले आपत्ति जनाएको छ। पौडेल पक्षका नेताहरुको बैठकले उक्त विषयमा सभापतिसँग कुरा गर्ने जिम्मा महामन्त्री डा शशाङ्क कोइरालालाई दिएको छ। सभापति देउवाले नवलपरासी कार्यवाहक सभापतिलाई हटाएर आफूनिकट विष्णु पौडेललाई जिम्मेवारी दिएका थिए।

देउवाको उक्त कदमका विषयमा छलफल गर्न केन्द्रीय कार्यालयमा बैठक बसेको थियो। सभापति देउवाले महामन्त्रीनिकट जिल्ला सभापति हटाएर आफू नजिकका पौडेललाई कार्यवाहक जिल्ला सभापति बनाएका थिए।

महाधिवेशन प्रतिनिधि नभएको व्यक्ति सभापति हुन नसक्ने विधानअनुसार कार्यवाहक जिल्ला सभापति हटाइएको संस्थापन पक्षले जनाएको छ।

वि.सं.२०७६ फागुन २८ बुधवार १७:०३ मा प्रकाशित

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं...

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको...

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...