back
CTIZAN AD

कांग्रेस केन्द्रीय कार्यालयमा बसेको पौडेल पक्षको बैठकले गर्यो यस्तो निर्णय

वि.सं.२०७६ फागुन २८ बुधवार

753 

shares

फाइल तस्विर

२८ फागुन, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णयप्रति असन्तुष्ट जनाउँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कांग्रेस केन्द्रीय कार्यलयमै बैठक गरेको छ । यसअघि आफूनिकट नेताहरुको घरमा जमघट हुँदै आएको पौडेल पक्षले बुधबार भने पार्टी केन्द्रीय कार्यलयमै बैठक गरेको हो ।

सभापतिले पश्चिम नवलपरासीका कार्यवाहक सभापति अर्जुन पोखरेललाई हटाएकोप्रति पौडेल पक्षले आपत्ति जनाएको छ। पौडेल पक्षका नेताहरुको बैठकले उक्त विषयमा सभापतिसँग कुरा गर्ने जिम्मा महामन्त्री डा शशाङ्क कोइरालालाई दिएको छ। सभापति देउवाले नवलपरासी कार्यवाहक सभापतिलाई हटाएर आफूनिकट विष्णु पौडेललाई जिम्मेवारी दिएका थिए।

देउवाको उक्त कदमका विषयमा छलफल गर्न केन्द्रीय कार्यालयमा बैठक बसेको थियो। सभापति देउवाले महामन्त्रीनिकट जिल्ला सभापति हटाएर आफू नजिकका पौडेललाई कार्यवाहक जिल्ला सभापति बनाएका थिए।

महाधिवेशन प्रतिनिधि नभएको व्यक्ति सभापति हुन नसक्ने विधानअनुसार कार्यवाहक जिल्ला सभापति हटाइएको संस्थापन पक्षले जनाएको छ।

वि.सं.२०७६ फागुन २८ बुधवार १७:०३ मा प्रकाशित

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...