back
CTIZAN AD

सर्वदलीय बैठक सम्पन्न, भयो यस्तो समझदारी

वि.सं.२०७६ फागुन २८ बुधवार

747 

shares

२८ फागुन, काठमाडौं । सरकारले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । कोरोना भाइरसको संक्रमणविरुद्ध लड्ने विषयमा छलफल गर्न उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल सर्वलीय बैठकको आब्हान गरेका थिए । बैठकमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भइरहेको प्रयास र भावी रणनीतिबारे छलफल भएको थियो ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको   बैठकमा कोरोना भाइरस संक्रमणको सम्भावनालाई ख्याल गरेर अगाडि बढ्न नेताहरुले सरकारलाई सुझाव दिएका थिए ।

समन्वयात्मक ढंगले सूचना सम्प्रेसण गर्ने र स्वास्थ्य संस्थाहरूलाई पनि यही बेलामा सक्षम बनाएर लैजाने लगायतका सुझाव प्राप्त भएको पोखरेलले बताए ।

सरकारको तयारी र कामको विषयलाई सबै दललाई जानकारी गराईएको थियो । बैठकमा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल र सुवास नेम्वाङ लगायत सहभागी थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाण, नेता गगन थापा लगायत सहभागी भएका थिए। त्यसैगरी गृहमन्त्री रामबहादुर थापा, अर्थ मन्त्री युवराज खतिवडा, संस्कृति मन्त्री योगेश भट्टराई, उद्दोग मन्त्री लेखराज भट्ट, स्वस्थ्यमन्त्री भानुभक्त ढकाललगायतको उपस्थिति रहेको छ ।

वि.सं.२०७६ फागुन २८ बुधवार १८:१४ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...