back
CTIZAN AD

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

वि.सं.२०७६ फागुन २९ बिहीवार

735 

shares

२९ फागुन , काठमाडौं । बारा, रुपन्देही, बाँके र नवलपरासी(पश्चिम)का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

बारा,प्रसौनी गाउँपालिका –२ स्थित सडकमा बा.३० प ४६६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका बस्ने १८ वर्षीय सुवास पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो हस्पिटल बीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै रुपन्देही,सियारी गाउँपालिका- ७ भर्तापुरस्थित सडकमा लु.३ त ८५८५ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने केशब केवटको ३ वर्षीय छोरानिरज केवटको बुधबार दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी बाँके, बैजनाथ गाउँपालिका ५ कृष्णकमल कटेजस्थित सडकमा भे.६ प ७२४१ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीय दिल बहादुर पुनको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच नवलपरासी(पश्चिम),प्रतापपुर गाउँपालिका –७ सूर्यपुरास्थित सडकमा लु.३२ प ३९०६ नम्बर र यूपी ५३ एडी ५११८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा लु.३२ प ३९०६ नम्बर मोटरसाइकल चालक बर्दघाट नगरपालिका १५ कुकुरमाराबस्ने ३५ वर्षीय राजनसुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनीसिटी अस्पतालबुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका यूपी ५३ एडी ५११८ नम्बरको मोटरसाइकल चालक भारतकुशिनगरबस्ने ३२ वर्षीय अमितपाल र सुस्तागाउँपालिका ३ बालुवाटोलबस्ने ८० वर्षीय रामराजापालको शहिदस्मृतिसामुदायिकअस्पतालचौपत्तामा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ फागुन २९ बिहीवार ११:५७ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...