२७ फागुन हेटौंडा । सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौंडाले एक सूचना प्रकाशित गरेको छ ।
मन्त्रालयले संस्था अनुमतिका लागि निवेदन दर्ता बन्द हुने सम्बन्धी सूचना प्रकाशित गरेको हो ।
निम्न विषयमा स्वदेश तथा विदेशस्थित शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि बागमती प्रदेश अन्तर्गत रहेका पूर्व तयारी कक्षा, भाषा शिक्षण तथा शैक्षिक परामर्श सेवा सञ्चालन गर्न चाहने संस्थाहरुले अनुमति लिनका लागि माघ १६ देखि निवेदन दर्ता खुला गरिएको थियो ।
अब आउँदो चैत १५ गतेबाट अर्काे सूचना नआएसम्मका लागि निवेदन दर्ता बन्द हुने सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १२:२८ मा प्रकाशित






























