back
CTIZAN AD

लगातारको बन्दले रोल्पाको जनजीवन कष्टकर बन्दै

वि.सं.२०७३ पुस १ शुक्रवार

786 

shares

१ पुस,रोल्पा । बिहीबारदेखिको लगातार बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङलगायत ग्रामीण क्षेत्र समेत बन्द रहेका कारण यहाँको जनजीवन प्रभावित भएको हो ।

पाँच नं प्रदेशबाट रोल्पा प्यूठानलगायत पहाडी जिल्ला छुट्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक विरुद्ध आन्दोलन गरिरहेका रोल्पालीले तेस्रो चरणको कार्यक्रमअन्तर्गत बिहीबारदेखि जिल्ला बन्द गरेकाले जनजीवन कष्टकर भएको हो ।

बन्दका कारण बिहानैदेखि यातायात, शिक्षण संस्था, बजार, कलकारखाना खुलेका छैनन् । एम्बुलेन्स, प्रेस तथा दूध बोक्ने गाडीलाई भने निर्वाध रुपमा आवतजावत गर्न दिएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।
बिहीबार भएको आन्दोलनमा आठ आन्दोलनकारी तथा तीन प्रहरी घाइते भएको बताइएको छ ।

संयुक्त सङ्घर्ष समितिले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी प्रहरी दमनको विरोध गर्दैै आन्दोलनका क्रममा घाइते बनेका व्यक्तिको निःशुल्क स्वास्थ्य उपचार गर्न मागसमेत गरेको छ । रासस

वि.सं.२०७३ पुस १ शुक्रवार ०७:५७ मा प्रकाशित

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा क्षेत्र नं।–...

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ...

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले गोर्खा जिल्लामा नेपाली काँग्रेसलाई सहयोग...

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौँ । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

नेता खड्काद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान

नेता खड्काद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका पक्षमा मतदान...