back
CTIZAN AD

तिलोत्तमा नगरपालिका शुन्य पोलिथिन नगरपालिका हुँदै

वि.सं.२०७६ फागुन २९ बिहीवार

720 

shares

२९ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका मुलुकमैं पहिलो पटक शुन्य पोलिथिन नगरपालिका घोषणा हुँदैछ । घोषणा गर्ने काम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ ।

यसबारे ३० गते शुक्रबार बिहान ७ं.३० बजे त्रिलोत्तमा नगरपालिका ५ मणिग्राम घोषणा कार्यक्रम राखिएको छ । सो कुराको जानकारी सिम नेपालका अध्यक्ष वातावरणविद् निपेश ढाकाले पत्रकारसम्मेलन मार्फत जानकारी गराएका हुन् । सिम नेपालसँगको सहकार्यमा तिलोत्तमा नगरपालिकाले सात महिनादेखि शुन्य पोलिथिन अभियान चलाउँदै आएको छ ।

नगरपालिकाले बनाएको कार्यविधिमा खुला रुपमा पोलिथिनजन्य फोहोर नफालिएको अवस्थालाई शुन्य पोलिथिन भनिने उल्लेख छ ।
नगरबासीको घर–आँगन, टोल–समुदाय, खेत–खलियान, कुलो–नहर, वन–जंगल, सडक–बाटो, सार्वजनिक स्थलबाट झण्डै ८० हजार बोरा पोलिथनजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेपछि नगरलाई शुन्य पोलिथिन घोषणा गर्न थालिएको हो ।

शुन्य पोलिथिनलाई स्थायित्व दिन विभिन्न सार्वजनिक स्थान, घर, पसलमा डष्टबिन राखिएको छ । नगरका सार्वजनिक स्थानमा कम्तिमा एक हजार डष्टबिन राख्ने नगरपालिकाको योजना रहेको बताइएको छ । फोहोर संकलन कार्यसँगै संकलित फोहोरको व्यवस्थापनका लागि जनसहभागिता वास सहकारीसँगको सहकार्यमा एकीकृत फोहोर प्रशोधन केन्द्रसमेत निर्माण थालिएको छ ।

सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको छ भने जथाभावी फोहोर फ्याक्नेलाई कारवाही गर्न आवश्यक स्थानीय कानुन निर्माण गरिएको छ ।

मुलुकका ७५३ स्थानीय तहमध्ये पहिलो पटक तिलोत्तमाको १२६ वर्गकिलोमिटर क्षेत्रमा वर्षौंदेखि डम्पिङ भएर बसेको पोलिथिन फोहोर संकलन गरी व्यवस्थापन गरिएको पनि ढाकाले बताए । यो अभियानको सफलता माटोमाथिको विजयी भएको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिन तिलोत्तमाबासीलाई आग्रह गरेका छन् ।

नगरका १७ मध्ये १६ वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिसकिएको छ भने बाँकी वडा नं १४ लाई घोषणा गरेसँगै तिलोत्तमा शुन्य पोलिथिन नगर बन्नेछ ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १८:१५ मा प्रकाशित

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज (बाँके) । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प...