back
CTIZAN AD

अमेरिकाको न्युर्योकमा वालुङ कम्युनिटीले मनायो लोसार

वि.सं.२०७६ फागुन २९ बिहीवार

690 

shares

२९ फेब्रअरी, न्युयोर्क । अमेरिकाको न्युर्योकमा छिरीङ तोपग्यालको नेतृत्वमा वालुङ कम्युनिटीले भव्य लोसार मनाएको छ ।
कार्यक्रममा वालुङ कम्युनिटीका अध्यक्ष छिरीङ तोपग्याले वालुङ समुदाय टिबेट र नेपालको सिमानामा बसोबास गर्ने भएको बताउँदै उक्त ठाउँ ताप्लेजुङ जिल्ला वालुङ गाउँपालिकामा पर्ने जानकारी दिएका थिए ।

तोपग्याले वालुङमा एउटा ऐतिहासिक गुम्बा डिकी छ्योलिङ भएको बताउँदै जुन गुम्बा नेपालकै दोस्रो गुम्बाको रुपमा चिरपरिचित भएको जानकारी गराएका थिए । उनले डिकी छ्योलिङ गुम्बामा वर्षमा ४ पटक विभिन्न साँस्कृतिक झल्काउने कार्यक्रमका साथ पूजापाठ पनि गर्ने चलन रहेको बताएका थिए । जसमध्ये फुटुक चाहि विशेष रुपमा मनाईने चलन रहेको बताउँदै तोपग्याले जुन समयमा गाउँलेको मात्र नभई देशभरी र विदेशबाट पनि ठूलो संख्यामा उपस्थित् हुने जानकारी समेत दिए ।

तोपग्याले उक्त ठाउँ एउटा विशेष कार्यक्रम भएकोले गर्दा लामाहरुले छाम नाच प्रस्तुत् गर्ने र गाउँलेहरु पनि भेला भएर आफ्नो नृत्यहरु देखाउने चलन रहेको बताए । तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा देश विदेशबाट आएका सबैमिलेर रमाइलो गर्ने चलन रहेको बताउँदै त्यसले आफ्नो चाड मनाउने र संस्कृति झल्काउने गरेको बताए ।

वालुङ कम्युनिटी यू.एस.ए ले अमेरिकामा पनि गुम्बा स्थापना गर्नको लागि ट्रष्टी बोर्ड तयार भएको र जुन बोर्डले तिव्ररुपमा आर्थिक संकलन गर्न अघि बढेको पनि तोपग्याले जानकारी दिए । उनले अब छिट्टै नै ट्रष्टी बोर्डको साथमा वर्तमान कार्यसमिति घरदैलो कार्यक्रम गरेर जति सक्दो चाँडो धेरै भन्दा धेरै आर्थिक सहयोग संकलन गरी अमेरिकामा गुम्बा स्थापना गर्न लागि पर्ने प्रतिबद्धता समेत गरेका थिए ।

विदेशको बसाई भएकोले आफ्नो भाषा, धर्म र संस्कार संस्कृति आउने भावि पिडीले भुल्दै गएको कारणले गर्दा जति सक्दो चाँडो बच्चाहरुको लागि क्लास सञ्चालन गर्ने अध्यक्ष छिरिङ तोपग्याले कार्यक्रममा प्रतिबद्धता जाहेर गरेर नेपालमा वालुङ समुदायले ग्याल्बो लोसार र सोनाम लोसार संयुक्त रुपमा मनाउने पनि बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कन्सुलेटका महावाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा भए पनि आफ्नो देशको संस्कार संस्कृति संरक्षण गर्न नेपाली समुदाय सबै क्षेत्रबाट लागि परेकोमा खुशी व्यक्त गरेका थिए । भट्टराईले हालै कोरोना भाईरसका कारण समस्या बढ्दै गएको बताउँदै सबैलाई सचेत हुन पनि आग्रह गरे ।

visit Nepal-2020 का बारेमा नेपाल महोत्सव गर्ने योजना यथावत रहेको बताउँदै सहज वातावरणपछि गरिने बताउँदै सबैलाई सहयोगर्न अपिल गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङले लोसार कार्यक्रम नयाँ सालको आगमनमा हुने भएको र यस कार्यक्रममा सबैको भाईचारा, एक आपसको भेटघाट सहकार्य सम्बन्ध एक भएर हामी नेपाली अगाडि बढ्ने अवसर भएको बताएका थिए ।

चेम्जोङले विदेशमा भए पनि विविधता रहेको पहिचानले एकताको सन्देश जाने अवसर मिलेको भन्दै आगामी नेपाल महोत्सव सफल बनाउनका लागि सबै नेपाली समुदाय एक भएर सफल लाग्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाकोसक्रिय सदस्य लाक्पा लामाले स्वागत मन्तव्य र संस्थाको सचिव डन्डु शेर्पाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रमको विचमा संस्थाका पूर्वअध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १८:२७ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...