back
CTIZAN AD

नेपाल नर्सिङ परिषद्को गम्भीर ध्यानाकर्षण, वास्तविकता छानविन गरिने

वि.सं.२०७६ फागुन २९ बिहीवार

831 

shares

२९ फागुन, काठमाण्डौं । नेपाल नर्सिङ परिषद्ले परिषद्को विषयमा कतिपय सामाजिक संजालहरुमा आएका समाचार÷टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल नर्सिङ परिषद्ले एक प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले सन्चालन गर्ने नर्सिङ लाइसेन्स परीक्षाको विषयलाई लिएर परिषद्का सदस्यले पैसा वार्गेनिङ गरेको समाचारमा कुनै सत्यता नभएको र आपराधिक समूहले फेक आइडी बनाएर यस्तो कार्य गरेको जानकारी सदस्यले गराइसकेको बताइएको छ ।

‘साथै फेक आइडी बनाउने समूहको पहिचान गरेर कानुनी कारबाहीका लागि सम्बन्धीत निकायमा उजुरी समेत दिइसकेको बताउनु भएको छ । साथै पत्रकार सम्मेलनमार्फत् आफ्ना भनाई सार्वजनिक गरिसक्नु भएको छ । यसको वास्तविकता बारे परिषद्ले छानविन गरिरहेको छ ।’ परिषद्की रजिष्ट्रार बिन्दा घिमीरेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल नर्सिङ्ग परिषद्ले सञ्चालन गर्ने परिक्षा पूर्णत वैज्ञानिक निष्पक्ष र पारदर्शी हुने गर्दछ । परिषद् अन्तरगत एक परिक्षा समिति रहने व्यबस्था छ । यसका सबै प्रश्नहरु बस्तुगत हुन्छन् । उत्तरपुस्तिका ‘कोडिङ्ग’ प्रणालीबाट तय गरिन्छ । परिक्षा केन्द्रबाट खामबन्दी भएर आएका उत्तरपुस्तिका परिक्षा समितिका सबै सदस्यहरुको रोहबरमा खोलिन्छ र जाँचका लागि स्क्यानिङ्गमा हालिन्छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘स्कानिङ्गमा हाल्ने वित्तिकै मेसिनले नै स्वत यसको रिजल्ट दिन्छ । यसरी निस्कने रिजल्टको सबै प्रतिमा समितिका सबै सदस्यहरुले हस्ताक्षर गरेपछि मात्र त्यो रिजल्ट सार्वजानिक गरिन्छ । तसर्थ उत्तर पुस्तिका जाँचमा कसैको प्रभाव रहने प्रसङ्ग नै रहदैंन । यसर्थ, प्रभाव र पहुँचका आधारमा नतिजा प्रभावित नहुने हुँदा यस्ता भ्रमपूर्ण हल्लाका पछाडी नलाग्न हामी सम्बन्धित सबैलाई अपिल गर्दछौं ।’

पत्नी विन्दामाथि घुस मागेको आरोप लागेपछि योगेशको यस्तो प्रतिक्रिया

वि.सं.२०७६ फागुन २९ बिहीवार १८:४४ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...