back
CTIZAN AD

कुवेतले भोलीदेखि सम्पूर्ण हवाई सेवा बन्द गर्ने, नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

वि.सं.२०७६ फागुन २९ बिहीवार

846 

shares

२९ फागुन, काठमाण्डौं । कोरोना भाइरसको त्रास र त्यसको संक्रमणबाट बच्नका लागि कुवेतले पनि हर सम्भव प्रयास तथा तयारी सुरु गरेको छ ।

कुवेतले आजदेखी २६ मार्च सम्म (दुई हप्ताका लागि) सम्पूर्ण सरकारी कार्यालय बन्द गरेको छ । साथै भोली (१३ मार्च मध्यरात) देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि (कुवेती नागरिकको उद्धार गर्ने प्रयोजन बाहेक) कुवेत अन्तराष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण व्यवसायिक हवाई उडान बन्द गरिएको दूतावासले जनाएको छ । साथै कार्गो सम्बन्धी सेवा प्रदान गर्ने हवाइ उडान तथा कार्गो पानीजहान यथावतरुपमा संचालन हुने बताइएको छ ।

त्यसैगरी कुवेत बैंकिङ एसोसियसनले अत्यावस्यक काम गर्न तोकिएका केही शाखाबाहेक सबै बैंक बन्द गर्ने निर्णय गरेको छ । बैंकहरु बन्द गरिएता पनि अनलाइन बैंकिङ सेवा र एटिएम सेवा भने संचालनमा रहनेछन् ।

यसैबीच खाद्यान्न अभाव हुन नदिनका लागि कुवेत सरकारले विभिन्न उपाय गर्ने सूचना पनि जारी गरेको छ । साथै कोरोना भाइरसका बारेमा आधारहिन हल्ला फैलाउनेलाई कानुनी कारबाही हुन सक्ने भएकाले यस्ता कार्यसमा संलग्न नहुन पनि अनुरोध गरिएको दूतावासले जनाएको छ ।

वि.सं.२०७६ फागुन २९ बिहीवार २१:०२ मा प्रकाशित

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...