back
CTIZAN AD

विवाहको खर्च घटाएर शहिद प्रतिष्ठानलाई सहयोग गरे यी जोडीले

वि.सं.२०७६ फागुन ३० शुक्रवार

1.7K 

shares

३० फागुन,  गैडाकोट, नवलपुर । विवाहलाई खर्चिलो र भड्किलो नबनाउने भन्दै सामाजिक संघसंस्थाहरुलाई सहयोग गरेका समाचार आइरहेकै हुन् तर शहिदहरुको सम्मानमा बनेको प्रतिष्ठान र शहिद परिवार समाजलाई सम्झेर गरीएको सहयोग रकम हस्तान्तणले भने राज्य, जिम्मेवार राजनीतिक दल र समाजका अगुवाहरुलाई पनि नयाँ ढंगले सोच्न बाध्य बनाएको छ ।

बुधबार नवलपुरको गैडाकोटस्थित नारायणी होटलमा सम्पन्न प्रकाश वस्याल र आयूषा देवकोटा वीचको बैबाहिक कार्यक्रमले धेरै महत्वपूर्ण भाव संप्रेषण गरेको छ । ‘वर, बधु दुवै पक्षको सहमतिमा तुलनात्मक रुपले प्रगतिशील विवाहको प्रयास’ भनिएको सो कार्यक्रममा दुलाहा पक्षको सचेतन अगुवाइले सबै सहभागीलाई नयाँ पाठ संप्रेषण गरेको छ ।

नेकपा स्थायी समिति सदस्य एवं प्रमुख सचेतक देव गुरुङलाई प्रमुख अतिथि तथा गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण अभियानका प्रमुख अभियन्ता सिताराम कट्टेल ‘धुर्मुश’ लाई विशिष्ठ अतिथि बनाएर विवाह समारोहको विचमै सहयोग हस्तान्तरण गरिएको थियो । दुलाहा प्रकाश वस्यालका वाबु (२०६४ मा पर्वत २ बाट निर्वाचित संविधानसभा सदस्य ) गुणाखर वस्याल तथा अमा खीमा वस्यालले धुर्मुश सुन्तली फाउन्डेशनद्धारा चितवनमा बनाउन लागेको गौतमबृद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि रु एकलाख एक हजार १०१ रुपैयाँ हस्तान्तरण गरेका थिए । यसबाहेक शहिद स्मृति प्रतिष्ठान पर्वतका लागि रु ५० हजार र शहिद परिवार समाज नवलपुरका लागि ५० हजार १०१ सहयोग समेत प्रदान गरीएको थियो ।

कार्यक्रमको अध्यक्षता गरेका दुलाहाका बाबु गुणाखर बस्याल ‘सरोज’ ले आफ्नो परिवारले दाइजो निशेध गरेको बताउँदै समाजका लागि केही गरौं भनेर सहयोग गरेको बताएका थिए भने पूर्वमन्त्री कल्पना धमलाले वस्याल परिवारले प्रगतिशिलताको खडेरी परेका बेला समाजमा देखाएको नुमनालाई सबैले अनुशरण गर्नुपर्ने बताएकी थिइन् । विशिष्ट अतिथि रहेका सिताराम कट्टेल ‘धुर्मुश’ ले सहयोगका लागि धन्यवाद दिँदै मन फराकिलो बनाएर सबै लागेमा २ वर्षमै रंगशाला बन्ने बताएका थिए । ‘कुरा काट्ने राष्ट्रिय पेशा’ लाई व्यवहारमा परास्त गर्न लागि परेको बताएका धुर्मशले रंगशाला निर्माण अभियानमा सबैको साथका लागि अनुरोध गरेका थिए ।

नेकपाका नेताहरु देवेन्द्र पराजुली, किशन शर्मा, धनप्रसाद सापकोटा, मित्रशरण शर्मा, नीलकण्ठ तिवारी, मनु हुमागाइ, दुर्गा ढुंगाना, सुर्य न्यौपाने, ऋषि भुसाल लगायतको उल्लेख्य उपस्थितिका विच आयोजित सो हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि देव गुरुङले निर्माण अभियानलाई जोडेर सहयोग गर्नु प्रगतिशील काम भएको बताउँदै प्रगतीवादी र जनवादी संस्कृति निर्माणमा सहयोग पुग्ने बताएका थिए । उनले विवाहमा शहिद संझेकोमा परीवारको प्रशंशा समेत गरेका थिए ।  दुलाहा प्रकाश, नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको सचिव समेत रहेका छन् ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १५:५८ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...