back
CTIZAN AD

स्पेनमा एकै दिनमा थप एक हजार ५०० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

वि.सं.२०७६ चैत २ आइतवार

714 

shares

२ फागुन, म्याड्रिड । स्पेनले शुक्रबारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच हजार ७५३ पुगेको छ । युरोपमा इटालीपछि कोरोना भाइरसका कारण दोस्रो बढी प्रभावित मुलुक स्पेन बनेको छ । स्पेनमा हालसम्म १३६ व्यक्तिको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।

स्पेनको सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ठूलो सङ्ख्यामा नागरिक बिरामी परेपछि भाइरससँग लड्न स्रोतहरू जुटाउने कदमहरूलाई प्रभावकारी बनाउने बताएको त्यहाँका अधिकारीले बताएका छन् ।

उक्त देशले शनिबार आपतकालीन अवस्था घोषणा गर्ने अपेक्षा गरिएको भए पनि समाचार तयार पार्दासम्म स्वास्थ्य आपत्काल घोषणा भने गरिएको छैन ।

वि.सं.२०७६ चैत २ आइतवार ०८:५४ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...