back
CTIZAN AD

कोरोना सङ्क्रमणबाट बच्न प्रदेश नं २ सरकारको तयारी

वि.सं.२०७६ चैत २ आइतवार

633 

shares

२ चैत, धनुषा । कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेश नं २ सरकारले तयारी थालेको छ ।

प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेशभित्रका विभिन्न मेडिकल कलेज तथा अस्पतालमा ११५ आइसोलेशन वार्ड निर्माणका लागि काम अघि बढाएको छ ।

प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले यसका लागि प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा तीन, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच, क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५० आइसोलेशन वार्ड निर्माण गर्न काम अगाडि बढाएको जानकारी दिए ।

प्रदेश नं २ मा हालसम्म एक जनामा पनि कोरोनाको सङ्क्रमण नदेखिएको भए पनि पूर्वसतर्कताका लागि त्यस्तो वार्ड स्थापना कार्य अगाडि बढाएको उपनिर्देशक झाले जानकारी दिए । यसैगरी कोरोनाको सङ्क्रमण हुन नदिन सीमाक्षेत्रमा विशेष निगरानी बढाउने काम भएको छ । विभिन्न पालिकामा पनि हेल्थ डेक्स सञ्चालनको काम अगाडि बढाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भारतबाट आइरहेका दुई युवालाई धनुषाको सिमानामा पर्ने भारतको जयनगरमा भारत सरकारले राखेको कोरोना हेल्थ डेक्सले शङ्काका आधारमा मधुबन्नी जिल्लाको सदर अस्पतालमा लगेर जाँच गराउँदा नेगेटिभ रिपोर्ट पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कँडेलले भने “यद्यपि भारतमा कोरोनाको सङ्क्रमण देखापरेको र खुला सिमाना भएका कारणले सीमाक्षेत्रमा निगरानी बढाउने काम भएको छ ।” त्यसैगरी कोरना भाइरसबाट सतर्कता अपनाउनका लागि नै सरकारी विद्यालयमा शनिबारदेखि नै दुई चरणमा गरेर भए पनि ६ गतेसम्म वार्षिक परीक्षा सक्ने गरी परीक्षा शुरु भएको छ । रासस

वि.सं.२०७६ चैत २ आइतवार ११:४३ मा प्रकाशित

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...