back
CTIZAN AD

कोरोनाले जगाएको सार्कराष्ट्रबीचको एकता र साझेदारी

वि.सं.२०७६ चैत ३ सोमवार

867 

shares

शरच्चन्द्र भण्डारी
३ चैत, काठमाडौँ । विश्वका १५० भन्दाबढी देश प्राणघातक ‘कोभिड–१९’ बाट नराम्ररी प्रभावित भइरहेका बेला दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का आठ सदस्य राष्ट्रका उच्च नेतृत्वबीच यो संक्रमणविरुद्ध साझा रणनीतिका साथ डटेर लड्न आइतबार भिडियो कन्फ्रेन्स भएको छ ।

विविध कारणले लामो समयदेखि शीर्ष नेतृत्वतहमा संवाद हुन नसकेको क्षेत्रीय सङ्गठन सार्कमा कोरोनाको कहरले ३५ वर्ष पुरानो बहुपक्षीय यस संस्थामा प्राण भरेको महसुस गरिएको छ । ‘हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ’ भनेझै सार्कलाई गतिशील र सक्रिय तुल्याएर विषम परिस्थितिको अन्त्यमा सफलता प्राप्त हुने अपेक्षा सार्क देशका नागरिकले गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको कन्फ्रेन्समा सबै सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखले प्रधानमन्त्री मोदीको प्रयास र कोभिडविरुद्धको स्थपाना गरिने आपत्कालीन कोषको स्वागत गरे । भिडियो कन्फ्रेन्समा पािकस्तानका स्वास्थ्य राज्यमन्त्री सहभागी भएका थिए ।

प्रधानमन्त्री एवं सार्कका अध्यक्ष केपी शर्मा ओलीले ‘कोभिड–१९’लाई परास्त गर्न सार्क सदस्य राष्ट्रबीच साझा एवं बुद्धिमत्तापूर्ण प्रयास अपरिहार्य भएको बताउँदै सुुदृढ र सबल रणनीतिको कार्यान्वयनबाटै सार्क क्षेत्रलाई कोभिडमुक्त तुल्याउन सकिने विचार व्यक्त गरे । उनले कोभिडविरुद्ध नेपाल सरकारले अवलम्बन गरेका रणनीति र अभियानबारे सङ्क्षिप्त जानकारी दिँदै प्रधानमन्त्री मोदीसहित सदस्य राष्ट्रप्रति आभार व्यक्त गरे । अर्थतन्त्रलाई पुनर्जीवन दिने, अन्तरक्षेत्रीय व्यापार, पर्यटन र सम्पर्क सञ्जालको निरन्तरता अहिलेको कठिन अवस्थामा महत्वपूर्ण हुने बताउँदै अध्यक्ष ओलीले आपत्कालीन कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले कोरोनाविरुद्ध लड्न पाँच प्रस्ताव प्रस्तुत गर्दै सीमा नाका बन्दगर्दा भूपरिवेष्टित देश अफगानिस्तानलाई औषधिलगायत अत्यवश्यक सामग्रीको आपूर्तिमा जटिलतता हुने भएकाले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए ।

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले चिकित्साशास्त्र तथा जनस्वास्थ्य विज्ञहरूसँगको परामर्श, रोगको रोकथामका निम्ति निरन्तर संवाद तथा विचार आदान प्रदान आइतबारको आवश्यकता भएको बताउँदै कोरोनाविरुद्धको अभियानलाई परास्त गर्न सार्क राष्ट्रबीच एकता र साझेदारीको विकल्प नभएको विचार व्यक्त गरे ।

भूटानका प्रधानमन्त्री लोटे छिरिङले आपत्कालीन कोष स्थापनाको स्वागत गर्दै सचेतना अभिवृद्धि, कोरोना फैलिन नदिन भएका प्रयास र स्वाथ्यकर्मीहरूबाट जारी अथक प्रयत्नको उनले सराहना गरे ।

मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले कुनै एक देशको प्रयासलेमात्र कोरानाबाट पारपाउन नसकिने र त्यसनिम्ति साझा प्रयत्न हुनुपर्ने तथा भारीमात्रामा स्रोत–साधन परिचालन गर्नुपर्नेमा जोड दिए । पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री जफर मिर्जाले सार्क क्षेत्रमा कोरोना भाइरस फैलिन नदिन आफ्नो देश सचेत रहेको जानकारी दिँदै घना आवादी भएका विशाल शहरयुक्त दक्षिण एशियामा रोगको प्रवोश नहोस् भन्नेमा पनि उत्तिकै चिन्तित रहेको बताए ।

श्रीलङ्काका राष्ट्रपति गोताबाया राजपक्षले कोरोनाले सार्क क्षेत्रको अर्थतन्त्रमा असर पारेको र साना अर्थतन्त्र भएका देश नराम्ररी प्रभावित हुने जोखिम बढेको बताउँदै सार्क सदस्य राष्ट्रको अर्थव्यवस्थालाई सघाउन सार्क मन्त्रिस्तरीय संयन्त्र स्थापनाको सुझाव दिए ।

त्यसअघि प्रधानमन्त्री मोदीले सार्कका अध्यक्ष ओली मिर्गौलाको प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरेको र उनको शीघ्र तन्दुुरुस्ती एवं सुस्वास्थ्यको कामना गरेका थिए भने सार्कका नयाँ महासचिवले यसैमहिनाको प्रारम्भदेखि कार्यभार सम्हालेकोमा स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए ।
(रासस)

वि.सं.२०७६ चैत ३ सोमवार ०७:५४ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...