back
CTIZAN AD

नेपाली सेनाले अटोमोबाइल र मेकानिकल इञ्जिनीयरिङ सञ्चालन गर्दै

वि.सं.२०७६ चैत ३ सोमवार

951 

shares

३ चैत, सानोठिमी । नेपाली सेनाले मुुलुकमा निर्माण हुने ठूला आयोजना र सङ्गठनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनीयरिङ शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी) र सेनाबीच उक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सहमतिपत्रमा आइतबार भक्तपुरमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा परिषद्का सदस्य सचिव डा पुष्परमण वाग्ले र नेपाली सेना, विद्युत् तथा यान्त्रिक सेवा निर्देशनालयका निर्देशक सहायकरथी भोलानाथ बुढाथोकीेले हस्ताक्षर गरे ।

तीनवर्षे अवधिको उक्त कार्यक्रम आगामी आर्थिक वर्ष २०७७/७८ देखि शुरु हुनेछ । उक्त दुवै शैक्षिक कार्यक्रममा ४८/४८ विद्यार्थीले भर्ना पाउनेछन् । माध्यमिक शिक्षा परीक्षा(एसइइ) उत्तीर्ण भई सिटिइभिटीले लिएको छनोट परीक्षामा उत्तीर्ण हुने विद्यार्थीलाई प्राप्त गरेको अङ्कका आधारमा भर्ना गरिने जानकारी दिइएको छ ।

दुवै शैक्षिक कार्यक्रम सञ्चालनका लागि वार्षिक रु दुई करोड ५० लाख खर्च अनुमान गरिए पनि व्यवस्थापन र खर्चलगायत यावत् विषय कार्यविधिले तय गर्ने सहायकरथी बुढाथोकीले जानकारी दिए । मुलुक र सेनाको सङ्गठनलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादन गरी राष्ट्रले लिएको विकासको लक्ष्य समयमै पूरा गर्ने उद्देश्यले शैक्षिक कार्यक्रम अघि बढाइएको छ ।

उक्त शैक्षिक कार्यक्रमबाट उत्पादन हुने जनशक्तिले द्रुतमार्गलगायत राष्ट्रिय गौरवका आयोजना, रेलमार्ग, विद्युत् प्रसारण लाइन, विमानस्थल निर्माण, जलविद्युत् परियोजना र अरु विकासका ठूला आयोजनामा तत्कालै रोजगारी पाउनेछन् । सहायकरथी बुढाथोकीले भने, “उक्त शैक्षिक कार्यक्रमबाट उत्पादन हुने मध्यमस्तरको प्राविधिक जनशक्तिबाट सेना र राष्ट्रकै प्राविधिक जनशक्तिको आवश्यकता पूरा गर्न योगदान पुग्ने आशा गरिएको छ ।

उक्त शैक्षिक कार्यक्रम नेपाली सेनाको खरिपाटीस्थित विद्युत् तथा यान्त्रिक शिक्षालय खरिपाटी भक्तपुरमा सञ्चालन हुनेछ । उक्त कार्यक्रमबाट नेपाली सेनाका बहालवाला, आश्रित परिवार र देशका विभिन्न क्षेत्रका प्रतिभाशाली सर्वसाधारणको प्राविधिक शिक्षामा पहँुच हुने विश्वास गरिएको छ । विकास पूर्वाधार निर्माणमा डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनीयरको माग अहिले अत्यधिक छ । परिषद्का सदस्य सचिव डा वाग्लेले भने, “परिषद् र सेनाबीच प्राविधिक शैक्षिक कार्यक्रम सञ्चालन गर्न भएको सम्झौताबाट दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी राष्ट्रले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षालाई मूर्तरुप दिन योगदान पुग्ने छ ।”
(रासस)

वि.सं.२०७६ चैत ३ सोमवार ०७:५९ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...