back
CTIZAN AD

जनसंपर्क समिती अष्ट्रेलियाको बिबाद: जुगाको लडाईं !

वि.सं.२०७६ चैत ३ सोमवार

861 

shares

जनसम्पर्क समिति अष्ट्रेलियाको बिवाद सामाजिक संजालमा छरपस्ट भएको छ । गुट–उपगुट त हामी नेपालीको अहिलेको संस्कृति नै हो । जनसम्पर्क समितिको यो बिबाद पनि पहिलो र नौलो त पक्कै होइन । महाधिबेसन गर्न माउ पार्टीको ताकेतले गर्दा अहिले पेचिलो हुँदै गएको देखिन्छ ।

जसरी कांग्रेसमा बिबादको बिषय नै कसरी आफू नेतृत्वमा पुग्ने भन्नेमा केन्द्रित हुन्छ यहाँ पनि त्यस्तै हो । नेतृत्व हत्याउन गुट बलियो चाहिन्छ ! गुट बलियो बनाउन आफ्ना समर्थक चाहिन्छ । जस्को जति धेरै समर्थक हुन्छन उही बलियो देखिन्छ ।

हरेक समस्याले आफूसँगै समाधानको उपाय पनि लिएर आएको हुन्छ । हालको जनसम्पर्क समितिको बिबाद पनि समाधान गर्नै नसकिने खालको पक्कै पनि होइन होला तर दुरभाग्य जब बिवाद ब्यक्ती बिशेषमा गएर अडकिन्छ अनि समाधानको बाटो साघुरो हुन्छ ।
गुटमा बिभक्त र बिभाजित कार्यकर्ता र समर्थकहरुले सत्यको पक्षमा वकालत गर्न बिर्सिसकेका हुन्छन् । उग्र भएर सन्जालमा एक अर्काबिरुद्ध यदुबंशिय शैलिमा आक्रमणमा उत्रन्छन् ।

जीवनको कुनै कालखन्डमा नेपालमा राजनीति गरेको मान्छेमा राजनीतिको नशा त चढेको हुन्छ नै ! लामो समय अष्ट्रेलियामा बसेर जीवनलाई ब्यबस्थित वनाइसकेको मान्छेको नेपालमा रहेको कुनै न कुनै शक्तिशाली र गुटको नेतासँग साईनो नगासिएको मान्छे बिरलै होलान् ! उताबाट पनि आ–आफ्ना लाई केही निर्देशन आईरहन्छ होला ।

भुइँ कार्यकर्ताले नबुजेको के हो भने यो बिबाद जम्मा जम्मी नेतृत्वमा पुग्ने र कालान्तरमा माउ पार्टीको आगामी महाअधिबेसनमा प्रतिनिधिमा छानिने सम्म को हो ।

अन्त्यमा सधैं बल्झिरहने पिलो निचोरेर खिल झिकेर फालियोस ताकी भबिश्यमा यस्तो दुखाइ सहनु नपरोस् ।

वि.सं.२०७६ चैत ३ सोमवार ११:०९ मा प्रकाशित

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...