back
CTIZAN AD

विद्यालय समय अब ९ बजे देखी ३ बजेसम्म

वि.सं.२०७६ चैत ३ सोमवार

1.1K 

shares

३ चैत, काठमाडौं । विद्यालय समय अब बिहान ९ बजेदेखि ३ बजेसम्म हुने भएको छ ।

यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रसंगै बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने गराउने निर्णय गरिसकेको सन्दर्भमा भएको पछिल्लो बैठकले सो निर्णय कार्यान्वयन गराउने भएको हो ।
सरकारले शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिए लगतै कार्यान्वयनको मोडालीटीका बारेमा वहश भै रहेको थियो ।

नयाँ समय लागु गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पहल गरेसंगै प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार आइतबार शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको नयाँ समय कार्यान्वयनबारे सरोकारवालासँग छलफल गरेको थियो । अभिभावक प्रतिनिधि, प्याब्सन, एनप्याब्सन, हिसान, ट्राफिक प्रहरी साथै सरोकारवालाहरुको उपस्थितिले कार्यान्वयनमा अघि बढने ढोका खुलेको छ ।
यस सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिपक शर्माले संसारन्युजसँग ‘सरकारको निर्णय कार्यान्वयनका लागी सहजीकरण गर्न बैठक बसेको ’ जानकारी दिएका छन । यो संगै सबै विद्यालयहरुमा ९ देखी ३ लागु गर्ने निश्चित प्राय भएको छ । यसै संदर्भमा एकिकृत शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आधिकारीक रुपमा परीपत्र भएपछि संगठनको धारणा सार्वजनिक हुने बताएका छन ।

नेपालका प्राय कार्यालयहरु १० बजे खुल्नेकारण सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या हुनेकारण विद्यालय समय हेरफेर गरिएको बताइएको छ ।

वि.सं.२०७६ चैत ३ सोमवार १४:५६ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...