“नेपाल सरकारले दर्ता प्रयोजन तथा चाहेमा अन्य कुराहरुको लागि तथा बिदेशमा रहेका बैंक तथा बित्तिय संस्था या सरकारले पनि बैंक ग्यारेन्टि माग्न सक्छन त्यस्तो अबस्थामा बैकहरुले निस्चित अबधिसम्मको लागि निस्चित मार्जिन र सेवा शुल्क लिएर बैंक ग्यारेन्टि वा काउन्टर बैक ग्यारेन्टि बस्न सक्छन ।
३ चैत्र, काठमाडौं । सोमबार ११ अर्ब चुक्ता पूँजी भएको प्राईम बैंकले १२ अर्ब भन्दाबढी बैंक ग्यारेन्टि बसेको भन्दै समाचार सार्बजनिक भए पछि बैक तथा बित्तिय क्षेत्रमा तरंग उत्पन्न भएको छ । के बैंक ग्यरेन्टी जोखिम पुर्ण हो ? बैंक ग्यारेन्टि बस्दैमा बैंक नै संकट तर्फ धकेलिने हो त ?
राष्ट्र बैंकका बैंक सुपरिबेक्षण बिभाग प्रमुख देव कुमार ढकालका अनुसार मेनपावर कम्पनीहरुले २ वटा प्रयोजनका लागि नगद वा बैंक ग्यारेन्टि देखाउनु पर्ने हुन्छ । जस अन्तर्गत पहिलो नेपाल सरकारले दर्ता प्रयोजन तथा चाहेमा अन्य कुराहरुको लागि तथा बिदेशमा रहेका बैंक तथा बित्तिय संस्था या सरकारले पनि बैंक ग्यारेन्टि माग्न सक्छन त्यस्तो अबस्थामा बैकहरुले निस्चित अबधिसम्मको लागि निस्चित मार्जिन र सेवा शुल्क लिएर बैंक ग्यारेन्टि वा काउन्टर बैक ग्यारेन्टि बस्न सक्छन । यसले बैंकहरुलाई कुनै फरक नपार्ने ढकालको तर्क छ ।
अहिले बैंक तथा बित्तिय संस्थाहरुले आफूले विश्वास गरेको ब्यबसायी तथा ग्रहाहरुलाई बैंक ग्यरेन्टि बसिदिने चलन छ । यसै अन्तर्गत बैंकले विश्वास गरेका मेनपावर कम्पनीको बैंक ग्यारेन्टि बसेको र यस बापत बैंकहरुले निस्चित मार्जिन तथा सेवासुल्क लिने गरेका छन । त्यो प्रकारको बैंक ग्यरेन्टि १ वा २ बर्ष पछि आफै निस्क्रिय हुन्छ । बैंक ग्यारन्टिमा धितो नै चाहिन्छ भन्ने हुँदैन ।
तर बैंक तथा बित्तिय क्षेत्र भनेको एकदम नै संबेदनशिल क्षेत्र हो । कतिपय नकरात्मक समाचार संप्रेष हुँदा जनताको विश्वास घट्न गई बैंक नै टाट पल्टिएका कैयन उदाहरणहरु पनि छन । त्यस कुरा प्रति सम्बन्धित बैंक सचेत हुनु पर्ने र बेलैमा व्यवस्थापन गर्नु पर्ने बिज्ञहरुको भनाई छ ।
यो पनि हेर्नुहोस
कैलाश बिकाश बैंक प्राईम बैंकमा गाभियो, बिहिबारबाट एकिकृत कारोबार सुरु
वि.सं.२०७६ चैत ३ सोमवार १४:३८ मा प्रकाशित





























