back
CTIZAN AD

नेपाल–भारत मैत्री बस सेवा बन्द

वि.सं.२०७६ चैत ५ बुधवार

864 

shares

५ चैत, धनगढी । कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफंण्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए ।

यसबाहेक गौरीफंण्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ । कैलालीको त्रिनगर प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महादेव भट्टले धनगढीबाट नयाँ दिल्लीका लागि छुट्ने बस सेवा सोमबारबाट बन्द गरिएको बताए ।
यता सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले कोरोना भाइरसको कारण यातायात क्षेत्रमा प्रतिकुल प्रभाव परेको बताए । लामो तथा छोटो दुरीमा चल्ने बस सेवामा यात्रुको सङ्ख्या घट्दै गएकोले यातायात सेवा प्रभावित भएको हो ।

धनगढीदेखि काठमाडौँसम्म दैनिक १७ वटा बस सञ्चालन हुने गरेकोमा कोरोना भाइरसको कारण यात्रुको आवागमन घट्दा १० वटा बस मात्र चलाउनुपर्ने देखिएको सापकोटाले बताए । धनगढीदेखि विराटनगर, वीरगञ्ज, जनकपुर, बुटवल, पोखरा जस्ता शहरका लागि छुट्ने बस सेवा कटौती गर्नुपर्ने देखिएको सापकोटाले बताए । पहाडी क्षेत्रका रुटमा मानिसको आवागमन घट्दै गएको छ ।

रोकथामको प्रयास
कैलाली त्रिनगर भन्सार कार्यालयको खाली रहेको भवनलाई कोरोनाका शङ्कास्पद बिरामी राख्न क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले यसबाहेक वडा प्रहरी कार्यालय धनगढी नजिक रहेको अर्को भवनलाई पनि क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने पहल गरिएको बताए ।

कोरोनाका शङ्कास्पद बिरामी फेला परेमा यस्ता बिरामीको तत्काल सीमा नाकाबाट उद्धार गरी क्वारेन्टाइनमा लैजान त्रिनगर भन्सार नाकामा एम्बुलेन्स तयारी हालतमा राखिएको छ । कैलालीको खक्रौला सीमा नाकाको हकमा टीकापुर अस्पतालमा एम्बुलेन्स तयारी हालतमा राखिएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा पाँच वटा ‘आइसोलेसन‘ कक्षको व्यवस्था गरिएकोमा भेन्टिलेटरसहितको थप कक्षको व्यवस्था गर्न पहल गरिएको छ । सुदूरपश्चिम प्रदेशका भारतसँग नजिक रहेका त्रिनगर, खक्रौला लगायतका सीमा नाकामा सञ्चालन गरिएका ‘हेल्थ डेस्क’ मार्फत नेपाल–भारततर्फ आवागमन गर्नेको स्वास्थ्य जाँच नियमित रूपमा गर्ने गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले कोराना भाइरस रोग निगरानी तथा रोकथामका लागि हेल्थ डेस्क सञ्चालन मार्गदर्शन तयार पारेर सोही आधारमा आवश्यक ठाउँमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । (रासस)

वि.सं.२०७६ चैत ५ बुधवार ०९:१७ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...