back
CTIZAN AD

कोरोनासँग नडराऔँ, पढौँ यी शुभसमाचारहरू

वि.सं.२०७६ चैत ७ शुक्रवार

786 

shares

७ चैत्र । नोबेल कोरोना भाइरसले विश्व यतिबेला त्राहिमाम बनिरहेको छ । मृत्यु भएका र संक्रमित भएका व्यक्तिहरुको सूचिले दिनहरु अत्यासलाग्दो बनिरहेका छन् ।

कोरोना संक्रमित भएपछि मरिनै पो हालिन्छ की जस्तो चिन्ताले मानिसहरु चिन्तित बनिरहेको बेला केही शुभसमाचार पनि सुन्न पाइएका छन् । ग्लोबल पब्लिक अफेयर्स, क्यानाडाको स्रोत दिँदै सामाजिक सञ्जालमा भेट्टिएको यो समाचार पढेपछि पक्कै पनि तपाई हामीलाई थोरै राहत मिल्नेछ भन्ने उद्देश्यका साथ यो समाचार प्रकाशित गरिएको हो ।

पढौँ यस्ता छन् शुभसमाचार :
१) चाइनाले उसको अन्तिम कोरोना अस्पताल पनि कोही उपचार गर्न नआएर बन्द गरिसक्यो।
२) भारतमा डाक्टरहरु कोरोनाको उपचार गर्न सफल भैसकेका छन्। बिरामीहरुमा निम्न औषधि चलाइएको थियो Opinavir, Retonovir, Oseltamivir along with Chlorphenamine. भारतीय डाक्टरहरुले संसारभरि सोही औषधि चलाउन सुझाब दिएका छन्।
३) एरासमस मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस बिरुद्धको एन्टीबडी पत्ता लगाएको दाबी गरेका छन् ।
४) वुहान चाइनामा १०३ वर्षकी हजुरआमा कोभिड-१९ को ६ दिने उपचारपछि पूर्णरुपले निको भएर घर फर्किएकी छिन् ।
५) एप्पल कम्पनीले उसका बन्द भएका ४२ वटा पसल चाइनामा पुन: संचालनमा ल्याएको छ।
६) क्लेभिल्यांड क्लिनिकले कोभिड -१९ को परीक्षण रिजल्ट केही दिनको साटो केही घन्टामै आउने उपायको बिकास गरेको छ।
७) दक्षिण कोरियामा नयाँ बिरामीको संख्या घटिरहेको छ।
८) कोरोनाको सबैभन्दा ठुलो मार इटलीलाई परेको छ । जसको मूख्य कारण हो इटलीको जनसंख्यामा ज्येष्ठ नागरिकको मात्रा युरोपभरिमै सबैभन्दा बढी हुनु ।
९) इजरायलका वैज्ञानिकहरु कोरोना भाइरस बिरुद्धको खोप बिकास भएको घोषणा गर्ने सम्भावनाको नजिक पुगेका छन्।
१०) अमेरिकाको मेरील्याण्डका तीनजना कोभिड-१९ का बिरामी पुरै निको भएर दैनिक जीवनमा फर्किसकेका छन्।
११) क्यानाडाका वैज्ञानिकहरुको संजालले कोभिड-१९ को अनुसन्धानमा उत्कृष्ट प्रगति गरिरहेको छ।
१२) सान डिएगोको एउटा बायोटेक कम्पनी सिंगापुरको ड्युक विश्वविद्यालय र नेसनल युनिभर्सिटी अफ सिंगापुरसँग मिलेर कोभिड– १९ को खोप बिकासमा तीब्रढंगले लागिरहेको छ ।
१३) टुल्सा गाउँको पहिलो कोभिड- १९ को बिरामी निको भएका छन् । उनको पछिल्लो दुई परीक्षणमा दुवै पटक ‘नेगेटिभ’ देखिएको छ। कोभिड- १९ निको हुने रोग हो भनेर यसले देखाउॅछ।
१४) नयाँ दिल्लीको सफ्दरगन्ज अस्पतालमा उपचार गराइरहेका सातैजना बिरामी पुरै निको भएका छन्।
१५) कोभिड – १९ बाट भर्खरै निको भएका बिरामीको शरीरबाट प्लाज्मा झिकेर नयाँ संक्रमितहरुको उपचारमा प्रयोग गर्न सकिन्छ।
१६) अमेरिकाको सियाटलमा कोभिड– १९ को खोपको मानव सुरक्षा परीक्षण सुरु भएको छ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १९:४० मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...