९ चैत, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडि (फागुन १८) गते मन्त्रिपरिषद्को बैठक बसेको थियो । त्यसको २१ दिनपछि पुनः प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
आजको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी महत्वपूर्ण निर्णय गरिने गर्ने श्रोतले जनाएको छ ।
यसअघि अत्यावस्यक सेवा बाहेक अरु बन्द रहने भनिएपनि आज (आइतबार) को परिस्थिति, मान्छेको ओहोर दोहोर बढी देखिएको तथा सेल्फ क्वारेन्टाइनलाई वेवास्ता गरिएको स्थितिलाई हेरेर लक डाउन हुन सक्ने सम्भावना रहेको श्रोतले जनाएको छ ।
शुक्रबार मात्रै प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्दै अत्यावस्यक बाहेक सवै सेवा बन्द गरिने बताएका थिए । त्यस अनुसार आजै रातिदेखि १० दिन सम्पूर्ण हवाई सेवा बन्द हुने छन् भने भोलीदेखि लामो दूरीका सवारी साधन पनि बन्द हुनेछन् ।
वि.सं.२०७६ चैत ९ आइतवार १३:२९ मा प्रकाशित




























