९ चैत, काठमाण्डौं । भारतमा आज देशभरी जनता कफ्यु लगाइएको छ । संसारभरी कोरोना भाइरसको महामारीले विश्व आक्रान्त बनिरहेको बेला भारतले पनि कोरोना रोकथाम तथा निन्त्रणका लागि हरसम्भव प्रयास गरेको छ ।
विहिबार प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्दै आज (२२ माच) विहान ७ बजेदेखि राति नौ बजे सम्म कफ्र्यु लगाइने र यो कोरोना भाइरससँग लड्नका लागि ‘जनता कफ्र्य’ लगाइने जानकारी गराएका थिए ।
आज भारतका ७ करोड व्यापारीले कफ्र्युको समर्थन जनाएका छन्, भारतभर चल्ने ३७०० ट्रेन बन्द रहनुका साथै सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान बन्द गरिएका छन । दिल्लीमा ५० प्रतिशत भन्दा बढी बस सेवा बन्द रहेको पनि भारतीय मिडियाले जनाएका छन् ।
३१ मर्चसम्म सवै रेलवे सेवा बन्द
त्यसैगरी आजदेखि ३१ मार्चसम्म भारतका सबै रेल सेवा बन्द गरिने भएको छ । साथै मेल एक्सप्रेस पनि बन्द हुने भएका छन् । रेलवे सेवा विभागका अनुसार मालवाहक गाडी मात्र चल्ने छन् ।
वि.सं.२०७६ चैत ९ आइतवार १३:५३ मा प्रकाशित




























