back
CTIZAN AD

भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्दै, कतारबाट आएका युवासहित ६ जनाको मृत्यु

वि.सं.२०७६ चैत ९ आइतवार

768 

shares

९ चैत, काठमाण्डौं । भारतको पटनामा कतारबाट आएका एक युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

भारतमा पछिल्लो पटक कोरोना भाइरस संक्रमण हुनेको सख्या बढिरहेको छ । शनिबार मात्रै २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक ६३ वर्षका एक विमारी जो ब्लडप्रेसर, डाइबिटिज र मुटुको विरामी रहेका थिए भने शनिबार नै ३८ वर्षीय सेफ अलिको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी पटनाको मुंगेर वासी रहेका थिए ।

हालै मात्र कतारबाट फर्किएका उनी २० मार्चमा एम्स अस्पतालमा भर्ना भएका थिए । शनिबार मृत्यु भएका अलीको आइतबार रिर्पोट आएको थियो । जसमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । एम्समा कोरोना संक्रमणको आशंकामा ६ जनाको उपचार भइरहेको र उनीहरुको रिर्पोट आउन बाँकी रहेको बताइएको छ ।

डाइबिटिजका रोगी रहेका सेफमा किड्नीको पनि समस्या रहेको बताइएको छ । यो संगै भारतमा भाईरस संक्रमणबाट मृत्युहुनेको संख्या ६ पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणको बढी चपेटामा महाराष्ट परेको बताइएको छ । महाराष्ट्र राज्यमा अहिलेसम्म ७४ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । उनीहरुको महाराष्ट्रका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । साथै २४ घण्टामा ६ नयाँ केस देखिएका छन् । जसमा ६ जना मुम्बई र ४ पुणेका रहेका छन् । भारतका विभिन्न राज्यमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ३५४ पुगेको छ भने मृतकको संख्या ६ पुगेको छ ।

वि.सं.२०७६ चैत ९ आइतवार १४:१७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...