back
CTIZAN AD

कोरोना नियन्त्रणका लागि कर्मचारी माग फिजिसियनदेखि स्टाफ नर्सले आवेदन दिन सक्ने

वि.सं.२०७६ चैत १० सोमवार

819 

shares

१० चैत, काठमाण्डौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले करारमा कर्मचारी माग गरेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘करार सेवामा जनशक्ति भर्ना गर्ने सम्बन्धी सूचना’ प्रकाशित गर्दै पहिलो आवेदकलाई पहिलो प्राथमिकता दिने’ जनाएको छ ।

दरखास्तसाथ शैक्षिक योग्यताका तथ्यांक र चारित्रिक तथा नेपाली नागरिकताको प्रमाणपत्र एवं सम्बन्धीत पदका लागि योग्य हुने काउन्सील दर्ता प्रमाणपत्र सहित आजै दरखास्त दिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सूचना अनुसार नर्वौं तहको जनरल फिजिसियन ७ जना, एनेस्थेसियोलोजिस्ट ७ जना, आठौं तहका मेडिकल अधिकृत २० जना र पाँचौ तहका स्टाफ नर्स १०० जना मागिएको छ ।

स्वास्थ्यका कर्मचारी, मेडिसीनका सबै विधामा पढिरहेका विद्यार्थी तथा अन्य स्वयमसेवकलाई तयारी अवस्थामा राखेको सरकारले ६ हजार जनालाई व्यवस्थापन हुने गरी क्वारेन्टाइनको प्रवन्ध गर्ने बताइरहेको छ । यस कार्यमा संलग्न चिकित्सक तथा प्राबिधिकहरुको ‘विशेष महत्व’ हुने स्वास्थ्य मन्त्रालयले दोहोर्याइरहेको पनि छ ।

वि.सं.२०७६ चैत १० सोमवार १३:२० मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...