back

     नेता खनालद्धारा ४ सुझाव

वि.सं.२०७६ चैत १० सोमवार

558 

shares
GLOBAL IME AD
NTC AD

काठमाण्डौ,चैत्र १० । नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रिय सदस्य प्रेमल कुमार खनालले पछिल्लो स्थितिमा सहज ल्याउन ४ वटा सुझाव दिएका छन ।
सरकारले जनस्तरका सुझाव अनुसार आपतकालिन कोष, सबै गाउपालिका हुदै वडा सम्म स्वास्थ्य उपचार बेडको स्थापना , छात्रवृत्तिमा अध्ययनरत चिकित्सकलाई परिचालन, र ढिला भए पनि सीमानाका र हवाई उडान बन्दको आदि राम्रो निर्णय भएको बताउदै थप ४ सुझाव दिएका हुन ।
उनले भनेका छन ‘ बिदेशबाट नेपाल फिरेका मानिस को को हुन ? सम्बन्धित गाउँ पालिका र वडा समितिलाई जानकारी दिनु पर्ने र सम्बन्धित वडा समितिले पनि बिदेशबाट बिगत हप्तामा ती वडा टोलमा के कति आए ? बिदेशबाट आएका मानिसहरु अहिले के गर्दैछन ? र उनीहरु सेल्फ होम क्वारेन्टाइनमा बसे नबसेका ? आदिको अनुगमन गर्न जरुरी देखिन्छ । यस्तो अनुगमन अभियानले टोल टोल स्तरमा आपुर्तिको अबस्था,कालाबजारीयाको नियन्त्रणको जानकारीका साथै कोरोना बिरुद्धको सचेतनता अभियान पनि थप प्रभावकारी हुनेछ । यतिबेला यस मोडेलबाट अनुगमन गर्न स्थानीय वडाका जनप्रतिनिधिहरु , राजनीतिक दल,सामाजिक संघ संस्थाबाट वडा ,टोल स्तर हुदै घरपरिवार सम्म पुगेर जनसेवा प्रदान गर्दा मानवीय उद्दार प्रभाबकारी बन्ने देखिन्छ । ’
यसैगरी युद्ध स्तरमा मा कोरोना भाईरस परिक्षणको ल्याबहरु कम्तीमा ७ प्रदेश हुदै प्रमुख शहरमा स्थापना गरि हाल्नु पर्ने,स्वास्थ्यकर्र्मीहरुकालागि सबभन्दा पहिला सुरक्षा उपकरण उपलब्ध गराउने र उनीहरुलाई मनोबल उच्चबनाउन थप प्रोत्साहनमुलक प्याकेज घोषणा गर्ने, राज्यबाट पेन्सन पाउने सबै स्वास्थ्यकर्र्मीहरुलाई स्वास्थ्य उपचारका लागि उमेरको हिसाबले सक्षम वा हाल नीजि उपचारमा संलग्न भएकाहरुपनि संभावित संक्रमणका लागि परिचालन गरीनुपर्ने तथा सुरक्षा,राजश्व ,बैकीङसेवा (टोलबस्तीमैपुगेर मोबाईल बैकिङ सेवा दिने ) खानेपानी, बिजुली ,सरसफाइ , टेलिकम, औषधी, यातायात, स्टान्डवाई, दुग्ध बितरण आदि कार्यालयका सेवा र सुपथ मुल््यका पसल २४ घन्टा पालैपालो गर्नएवं सबैतिर भिड र बढी मानिसको आवत जावत कम गराउन थप सक्रिय हुनुपर्ने देखीएको छ ।

वि.सं.२०७६ चैत १० सोमवार १५:०६ मा प्रकाशित

नगर अस्पतालमा बिरामीको चाप बढ्दो

नगर अस्पतालमा बिरामीको चाप बढ्दो

बनियानी (झापा) । कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था...

वालिङमा आत्मरक्षा तालिम : तालिम जिल्लाभर सञ्चालन गर्न माग

वालिङमा आत्मरक्षा तालिम : तालिम जिल्लाभर सञ्चालन गर्न माग

स्याङ्जा । स्याङ्जाको वालिङमा सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र...

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

झापा । मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि...

अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या

अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या

जलेश्वर । जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या...

गर्मीको महिना : मोहीको महिमा

गर्मीको महिना : मोहीको महिमा

कृषिप्रधान पेशामा पशुपालन अभिन्न अङ्ग मानिन्छ । नेपालमा आजभन्दा २०–२५...

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

काठमाडौँ । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा...