back
CTIZAN AD

     नेता खनालद्धारा ४ सुझाव

वि.सं.२०७६ चैत १० सोमवार

855 

shares

काठमाण्डौ,चैत्र १० । नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रिय सदस्य प्रेमल कुमार खनालले पछिल्लो स्थितिमा सहज ल्याउन ४ वटा सुझाव दिएका छन ।
सरकारले जनस्तरका सुझाव अनुसार आपतकालिन कोष, सबै गाउपालिका हुदै वडा सम्म स्वास्थ्य उपचार बेडको स्थापना , छात्रवृत्तिमा अध्ययनरत चिकित्सकलाई परिचालन, र ढिला भए पनि सीमानाका र हवाई उडान बन्दको आदि राम्रो निर्णय भएको बताउदै थप ४ सुझाव दिएका हुन ।
उनले भनेका छन ‘ बिदेशबाट नेपाल फिरेका मानिस को को हुन ? सम्बन्धित गाउँ पालिका र वडा समितिलाई जानकारी दिनु पर्ने र सम्बन्धित वडा समितिले पनि बिदेशबाट बिगत हप्तामा ती वडा टोलमा के कति आए ? बिदेशबाट आएका मानिसहरु अहिले के गर्दैछन ? र उनीहरु सेल्फ होम क्वारेन्टाइनमा बसे नबसेका ? आदिको अनुगमन गर्न जरुरी देखिन्छ । यस्तो अनुगमन अभियानले टोल टोल स्तरमा आपुर्तिको अबस्था,कालाबजारीयाको नियन्त्रणको जानकारीका साथै कोरोना बिरुद्धको सचेतनता अभियान पनि थप प्रभावकारी हुनेछ । यतिबेला यस मोडेलबाट अनुगमन गर्न स्थानीय वडाका जनप्रतिनिधिहरु , राजनीतिक दल,सामाजिक संघ संस्थाबाट वडा ,टोल स्तर हुदै घरपरिवार सम्म पुगेर जनसेवा प्रदान गर्दा मानवीय उद्दार प्रभाबकारी बन्ने देखिन्छ । ’
यसैगरी युद्ध स्तरमा मा कोरोना भाईरस परिक्षणको ल्याबहरु कम्तीमा ७ प्रदेश हुदै प्रमुख शहरमा स्थापना गरि हाल्नु पर्ने,स्वास्थ्यकर्र्मीहरुकालागि सबभन्दा पहिला सुरक्षा उपकरण उपलब्ध गराउने र उनीहरुलाई मनोबल उच्चबनाउन थप प्रोत्साहनमुलक प्याकेज घोषणा गर्ने, राज्यबाट पेन्सन पाउने सबै स्वास्थ्यकर्र्मीहरुलाई स्वास्थ्य उपचारका लागि उमेरको हिसाबले सक्षम वा हाल नीजि उपचारमा संलग्न भएकाहरुपनि संभावित संक्रमणका लागि परिचालन गरीनुपर्ने तथा सुरक्षा,राजश्व ,बैकीङसेवा (टोलबस्तीमैपुगेर मोबाईल बैकिङ सेवा दिने ) खानेपानी, बिजुली ,सरसफाइ , टेलिकम, औषधी, यातायात, स्टान्डवाई, दुग्ध बितरण आदि कार्यालयका सेवा र सुपथ मुल््यका पसल २४ घन्टा पालैपालो गर्नएवं सबैतिर भिड र बढी मानिसको आवत जावत कम गराउन थप सक्रिय हुनुपर्ने देखीएको छ ।

वि.सं.२०७६ चैत १० सोमवार १५:०६ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...