back
CTIZAN AD

विदेशबाट फर्किएकाको खोजी गर्दै पर्वतको लंखु वडा

वि.सं.२०७६ चैत ११ मंगलवार

1.1K 

shares

११ चैत्र, पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखुदेउरालीले बिदेशबाट गाउँमा आएका स्थायी अस्थायी बासिन्दाहरु खोज्ने अभियान शुरु गरेको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि बिदेशबाट फर्केकाहरुको खोजी गरिएको वडा अध्यक्ष जीवन उचै ठकुरीले बताए ।

बिदेशबाट फर्केर गाउँमा आएकाहरु खास गरी भारत लगायतका कोरोना प्रभावित देशबाट आएकाहरुको खोजी गरी उनीहरुलाई क्वारेन्टाईनमा बस्न आग्रह गरिएकोे जानकारी उनले दिए ।

उनका अनुसार चैत्रमहिनामा कतारबाट फर्केका २ जना र भारतबाट फर्केका ५ जनाको नामसमेत सार्वजनिक गरि घरमै क्वारेन्टाईनमा बस्न आग्रह गरिएको छ । यसरी नाम सार्वजनिक गर्दा उनीहरुबाट क्वारेन्टाइनको पालना हुने उनको बुझाइ छ ।

‘विदेशबाट फर्किएकाहरु गाउँमा आएपछि धेरै बाहिर हिड्डुल गर्ने, यसले यदि उहाँहरुमध्ये कोही संक्रमित हुनुभएको रहेछ भने गाउँमा फैलन सक्ने हुँदा नामै सार्वजनिक गरिएको हो’ उनले भने। घरमा क्वारेन्टाइनमा बस्न नमानेको अवस्थामा गाउँमा क्वारेन्टाइन बनाएर राख्ने योजना समेत वडाले बनाएको उनले बताए ।

‘बिदेशबाट फर्केका सबै मानिसमा कोरोनाको संक्रमण नभएको हुन पनि सक्छ, १४ दिन घरमै क्वारेन्टाइनमा बस्दा संक्रमण भएपनि फैलन नदिन सहयोग पुग्ने उनको भनाइ छ ।

वडाले आजै देखि कोरोना सम्बन्धि सचेतना कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेको जानकारी दिँदै उनले अभियानलाई नागरिकले समेत सकरात्मक रुपमा लिएको र साथ दिएको समेत बताए ।

वि.सं.२०७६ चैत ११ मंगलवार १९:१४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...