back
CTIZAN AD

जब यी विजनेसम्यानले श्रीमतीलाई ढाँटेर प्रेमिकासँग इटाली घुम्न गए…

वि.सं.२०७६ चैत १२ बुधवार

1.2K 

shares

१२ चैत, लन्डन । बेलायतका एक व्यापारी श्रीमतीलाई ढाटेर प्रेमिकासँग इटाली घुम्न गएका बेला कोरोना संक्रमण भएको छ ।

श्रीमतीलाई झुठ बोलेर इटाली घुम्न गएका उनलाई कोरोना संक्रमणको डर भन्दा पनि प्रेमिका लिएर घुम्न गएको श्रीमतीले थाहा पाउलिन् भन्ने डर थियो । किन कि उनले आफू केहीदिन व्यवसायको सिलसिलामा लन्डनमै घरबाहिर रहनुपर्ने भनेर श्रीमतीलाई ढाँटेर प्रेमिका सहित इटाली घुम्न पुगेका थिए ।

इटालीबाट फर्किएपछि कोरोना संक्रमण भएका उनले कोरोना संक्रमण लन्डनमै बाहिर रहेका बेला भएको भनेर श्रीमतीसँग झुठ बोलेका थिए । तर, डाक्टरको अगाडि भने उनले झुठ बोल्न सकेनन् । डाक्टरले पछिल्लो समय उनको यात्राको बारेमा सोधपुछ गरेपछि इटाली गएको र त्यहाँ कोरोना संक्रमण भएको सत्य बताएका थिए । तर, उनले डाक्टरलाई आफ्नो प्रेमिकाको बारेमा भने जानकारी दिएनन् । ती विजनेस म्यानले प्रेमिकाका बारेमा जानकारी दिँदा उक्त खबर श्रीमतीसम्म पुग्ने डरले प्रेमिकाका बारेमा नबताएको अन्तराष्ट्रिय संचार माध्यमले लेखेका छन् ।

हाल उनकी पत्नि पनि १४ दिनको आइसोलेसनमा रहेकी छन् भने डाक्टरहरुले ती व्यक्ति इटालीबाट फर्किएपछि को–को सँग भेटे र उनीहरुको स्वास्थ्य स्थिति कस्तो रहेको छ भन्ने खोजि गरिरहेको बताइएको छ । फाइल फोटो

वि.सं.२०७६ चैत १२ बुधवार १०:२२ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...