back
CTIZAN AD

कोरोना संक्रमित भएको आशंकामा भारतमा एक व्यक्तिद्धारा आत्महत्या

वि.सं.२०७६ चैत १३ बिहीवार

870 

shares

१३ चैत, भारत । भारतमा कोरोना संक्रमण भएको आशंकामा एक व्यक्तिले आत्महत्या गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण भारतका धेरै मानिसहरुमा त्रास सिर्जना भइरहेको बेलामा भारतको कर्णाटक राज्यका एक ६५ वर्षीय वृद्धाले आत्महत्या गरेको भारतीय संचारमाध्यमले लेखेका छन् ।

कर्णाटक उड्पीका गोपालकृष्ण मडीवालाले आत्महत्या गरेको बताइएको छ ।  ती व्यक्तिलाई आफू कोरोनाको चपेटामा परेको शंकामा उनले आत्महत्या गरेको बताइएको छ । उनको शब त्यहाँस्थित मणिपाल केएमसी अस्पतालमा पठाइएको र परिवारका अनुसार उनी डिप्रेशनमा रहेको बताउँदै उनमा ज्वरो वा कुनै कोरोना भाइरसको लक्षण नदेखिएको बताएका छन् ।

यसभन्दा अघि पनि उत्तर प्रदेश हापुड थाना पिलखुवा क्षेत्रमा एक व्यक्तिले कोरोनाको आशंकामा ब्लेडले घाँटी काटेर आत्महत्या गरेको समाचारमा उल्लेख छ । शुसील कुमार नामका ३५ वर्षीय ती व्यक्ति शैलुन संचालक थिए । उनका परिवारले एकसाता अगाडि उनलाई ज्वरो आएको तथा घाँटीमा इन्फेक्सन देखिएको थियो । कोरोना भाइरसको डरका कारण सरकारी अस्पतालबाट औषधि ल्याएर खाएका उनले निको नभएपछि यस्तो कदम उठाएको बताइएको छ ।

वि.सं.२०७६ चैत १३ बिहीवार १६:३३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...