
१३ चैत, भारत । भारतमा कोरोना संक्रमण भएको आशंकामा एक व्यक्तिले आत्महत्या गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण भारतका धेरै मानिसहरुमा त्रास सिर्जना भइरहेको बेलामा भारतको कर्णाटक राज्यका एक ६५ वर्षीय वृद्धाले आत्महत्या गरेको भारतीय संचारमाध्यमले लेखेका छन् ।
कर्णाटक उड्पीका गोपालकृष्ण मडीवालाले आत्महत्या गरेको बताइएको छ । ती व्यक्तिलाई आफू कोरोनाको चपेटामा परेको शंकामा उनले आत्महत्या गरेको बताइएको छ । उनको शब त्यहाँस्थित मणिपाल केएमसी अस्पतालमा पठाइएको र परिवारका अनुसार उनी डिप्रेशनमा रहेको बताउँदै उनमा ज्वरो वा कुनै कोरोना भाइरसको लक्षण नदेखिएको बताएका छन् ।
यसभन्दा अघि पनि उत्तर प्रदेश हापुड थाना पिलखुवा क्षेत्रमा एक व्यक्तिले कोरोनाको आशंकामा ब्लेडले घाँटी काटेर आत्महत्या गरेको समाचारमा उल्लेख छ । शुसील कुमार नामका ३५ वर्षीय ती व्यक्ति शैलुन संचालक थिए । उनका परिवारले एकसाता अगाडि उनलाई ज्वरो आएको तथा घाँटीमा इन्फेक्सन देखिएको थियो । कोरोना भाइरसको डरका कारण सरकारी अस्पतालबाट औषधि ल्याएर खाएका उनले निको नभएपछि यस्तो कदम उठाएको बताइएको छ ।
वि.सं.२०७६ चैत १३ बिहीवार १६:३३ मा प्रकाशित