back
CTIZAN AD

लण्डनबाट आर.के त्रिपाठीले ‘म हारेँ’ भन्दै लेखे भावुक पत्र

वि.सं.२०७६ चैत १३ बिहीवार

792 

shares

लण्डनमा रहँदै आएका आर. के त्रिपाठीले म हारेँ भन्दै बाबुसँगको कुराकानीलाई  पत्र मार्फत प्रस्तुत गरेका छन् । । अहिलेको अवस्थामा बृद्ध बुबाआमा एकातिर, आफूहरु एकातिर र अन्य परिवार एकातिर हुँदाको पीडा र बाबुआमाले नेपालमै फर्कन गरेको आग्रहलाई उनले पत्रमा पोखेका छन् । तर आफू चाहेर पनि फर्कन नसक्ने भन्दै उनले लकडानमा बसेका बाबुआमालाई केही समस्या आइपरे सहयोग गरिदिन इष्टमित्रहरुसँग आग्रह गरेका छन् ।

यस्तो छ उनले लेखेको पत्र :

कोरोना भाइरस भयावह रुपमा संक्रमित छ । यो संक्रमण कहिले सम्म र कहाँ कति फैलन्छ बैज्ञानिकहरुले समेत अनुमान गर्नसकेका छैनन ।

मेरो आदरणीय बुबाआमा यो मैले मलेखुमा २३ बर्ष अगाडी बनाएको घरमा लकडाउनमा छन। आज बिहान पुजानीय बुबा जो ८४ बर्ष उमेरको हुनुहुन्छ । आमा करिब ८० बर्ष उमेरको हुनुहुन्छ । काठमाण्डौको बसुन्धरास्थित घरमा मलेखुबाट जानुहोस र भाई बुहारीसँग बस्नोस भने । यता बेलायतका मेरो परिवार लकडाउन । श्रीमती सिता भण्डारी NHS युके Hammersmith Hospital को सिनियर्स नर्स भएकोले हिम्मत नहारी बिरामीको सेवा गर्न प्राय दिन काममा गइरहेकी छिन । उनि पनि डराइरहेकी छिन आफैलाई संक्रमण भई संपूर्ण परिवारमा संक्रमण हुन्छ की भनेर । काठमाण्डौंमा रहेका भाईबुहारीको परिवार पनि लक डाउन । काठमाण्डामा रहेका दिदीभिनाजु भान्जाभान्जीको परिवार पनि लकडाउन । मलेखुमा आज करिब सात घरपरिवारसँग बृद्ध उमेरका आमा बुबाको ख्याल गरिदिन फोन गरे । सबैको उत्तर थियो हामीहरु कोहिपनि घरबाट निक्लिएका छैनौं । बुबालाई सोध्दा आफ्नो खेतबारीबाट उब्जिएको चामल मकै भटमास दालबोडी तिल बदाम छ । नुन र तेल अरु किनी राख्नु पर्ला भन्नुभयो ।

बुढेसकालमा मैले गर्नुपर्ने सेवाबाट चुके बुबा धिक्कार छ यो आरके त्रिपाठीको जिन्दगी र बाँच्नुको अर्थ । मेरा जीवनमा धेरै सकारात्मक जिम्मेवारी र सोच थिए लक्ष्य छन् यीनै लक्ष्य क्रमशः पुरा गराउन म बिगत १७ वर्ष देखि बेलायतमा भौतारी रहे अझै भनौं किन बुबाआमा आफन्तसँग टाढा रही रमाइरहेछु । यसको उत्तर खोज्दा उत्तरले नेपाल फर्की नेपाल राज्य वा नेपाल आमा जन्म दिने आमाबुबाको सेवाको लागी नेपाल फर्क भन्छ ।

आदरणीय बुवाको भनाईमा अब त काठमाण्डौमा बस्ने घर भयो मलेखुमा बस्ने घर भयो । मलेखुमा पनि जग्गा जमिन खेत तिमीहरु लाई नै जोगाएर राखेको छु । बेलायतमा पनि बिगत ज्ञठ बर्ष देखि तिमी र बुहारीले पेन्सनमा राखेको पैसाले तिमीहरु लाई खान लाउन पुग्छ । अझ भन्ने हो भने बाबु मलेखुमा रहेको घरलाई सुधार गरी सानो होटल रेष्टुरेण्ट र लज बनाउ पैसा यहाँ नै कमाइन्छ भन्नभयो । अझ बृद्ध बुबाले त तिमी सानै देखि पढाइमा अब्बल छोरो अब्बल सिभिल इन्जियर बुहारी नर्स । तिमीहरुले नेपालमा केहि गर्ने सक्छौँ बेलायतको प्रोफेशनल अनुभवले । अफ तिमी त काँग्रेस पार्टीको नैतिक र सैद्धान्तिक पक्ष नेपालको सम्बृद्धिको लबि गर्ने नेता नै हो छोरा भन्नुभयो ।

बृद्ध बुबाले नेपालमा जन्मेको हिंडेको बढेको हुर्केको नेपालीपन आइकन बेलायत गएको मान्छे त नेपाल फर्कि सेवा गर्न सक्दैनौ भने तिम्रो बेलायती माटो टेकी हुर्केका पढेका बढेका छोरा छोरीले नेपाल फर्कि नेपाल आमाको सेवा गर्दछन भन्ने कुरामा म आशावादी छैन भन्नुभयो । बृद्ध बुबाको पूर्ण सार म बुढो भएँ आमा पनि बृद्ध भइन सहाराको लागि नेपाल फर्क भन्ने नै थियो । यी कुराहरुले मन छोयो । मन पोल्यो । आत्मा रोयो । बेलायतबाट पूर्ण रुपमा फर्कन बिगत ७ बर्ष देखि फर्कन खोजीरहेछु तर सकेको छैन । अझै भन्ने हो भने म दिन प्रतिदिन हार्दैछु । केबल दिन दिनै खान उमेर बढाउन बाँच्दैछु । म बृद्ध हुन बाँच्दैछु । बुढो हुन यहाँ बेलायतमा भौंतारेको छु ।

कुनै ठुलो स्परेचुयल नेताले मेरो मेरो दिमाग नभुटी मेरो नेपाल फर्कि नेपाल आमा र मेरो बृद्ध आमाबुबालाई चाहे पनि प्रत्यक्ष सेवा गर्न नसक्ने अवस्था छ । धिक्कार छ आर के त्रिपाठी । अन्तिममा मेरो निर्णय छ म बेलायत प्रवेश गरेको दिनदेखी नै म हारी सकेको थिएँ । मैले त्यो पत्तै पाइन । बृद्ध बुबाले अत्यमा ‘कोरोना भाइरस संसारमा कसैलाई नलागोस । सबैमा शान्ती र सम्बृद्ध छाओस । यो कोरोना भाइरस पूर्ण निरुपण होस् भन्दै कुराको अन्यमा । यसो भन्नुभयो । बरु कोरोना भाइरस लागे म ८४ बर्षको बृद्ध लागि लागोस किनकी मरे पनि म नेपाली माटोमा मर्दैछु । तिमी र तिम्रो परिवार लागि नलागोस किनकी म तिमी र तिम्रो परिवारलाई असाध्य मायाँ गर्दछु । जानिजानी म अपबाद बाहेक बिदेशी माटोमा मर्न दिन्न ।’ बुबाले फोनमा फेरी भन्नुभयो ‘तिमीले अझै हिम्मत नहार तिमी नेपाल फर्केर बेलायतमा लिएको शिक्षा ज्ञान अनुभब सिप प्रयोग गरी अझै नेपालको सेवा गर्नुछ। धन सम्पत्ती बिलास जीवनमा क्षणिक हुन् । अस्थाई हुन । आउँछन जान्छना तर तिम्रो राष्ट्र समाज प्रतिको समर्पण सदैब इतिहाँसमा रही रहनेछ ।’ कोरोनाले हामी सबै बचाए तिमी नेपाल पूर्ण रुपमा फर्क भन्नुभयो बुबाले ।

कुरा गर्दागर्दै आँखा रसायो आँसु खस्यो । मैले मेरो मायाँ पनि हजुरहरुलाई त्यति नै छ बुबा भन्दा भन्दै फोन अफ भयो । अहिले घर भित्र जीवन यथार्थमा के हो भनि गहिरो चिन्तनमा जलेको अवस्थामा छु । मेरो बुबाको जस्तै राष्ट्रप्रेमी र राष्ट्रवादी र राष्ट्रसेवी सोच सबैमा आवोस् । कोरोना भाइरस संक्रमण निर्मुल होस् । नेपाल सम्बृद्ध होस् । नेपाल राज्यले नेपालीहरु विदेशिनु नपर्ने गरि विकास र आर्थिक प्रगतिको गति लेवोस् । मेरो बुबाआमाको सम्पूर्ण छोराछोरी परिवार काठमाडौंमा लकडाउन परेकोले केहि अप्ठ्यारो अबस्था आइपरे आफन्तजन छिमेकीलाई हेरी दिन र आदरणीय पशुपतिनाथसँग रक्षा गरिदिन आग्रह गर्दछु । यस्तो अवस्थामा समस्यामा सम्पूर्ण नेपालका बृद्ध बुबाआमालाई परिरहेको होला । वहाँहरुलाई पनि छिमेकी इष्टमित्र हरुले आवश्यक परे सहयोग गरिदिन आग्रह गर्दछु ।

यो बेला हातेमालो सहयोग गरि संयमता र धैर्य धारण गर्ने बेला हो। सबैमा धन्यबाद । यहाँ कोरोनाको डर भन्दा हामी पढेलेखेका बिदेशमा खेलिरहेका काम गरिरहेकाहरुले हरेक दिन सोच्ने समाजसेवा राष्ट्र प्रेम राष्ट्रबाद नेपाली माटोको मायाँप्रति हामी के सोचि रहेका छौं र एउटा गाउँमा बस्ने ८४ बर्ष उमेरको बृद्ध बुबाको सन्तानप्रति मायाँ र समाजसेवा राष्ट्र प्रेम दुरदर्शिता राष्टबादी चिन्तत प्रति के फरक छ भन्ने कुराले यो मन छोयो र व्यक्तिगत संवाद लेखेको हुँ ।

वि.सं.२०७६ चैत १३ बिहीवार १६:४० मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...