back
CTIZAN AD

यसो भन्छन् कोरोनालाई जितेर घर फर्किएका अमेरिकाका शम्भु मोक्तान

वि.सं.२०७६ चैत १७ सोमवार

801 

shares

कोरोना भाइरसको संक्रमण भएर अस्पतालमा उपाचार गरिरहेका बरिष्ठ भिडियोग्राफर शम्भु मोक्तान स्वस्थमा सुधार भई घर फर्केका छन् ।
एक हप्ता अस्पतालको उपचारपछि उनी आज साडे १० बजे डिस्चार्ज भएर घर फर्केका छन । ‘भगवानको कृपा र मेरो स्वस्थ्य लाभ होस् भनेर सबैले गरेको प्रार्थनाले मेरो स्वस्थ सुधार भई घर फर्केको छु’ कोरोना लागेर उपचारपछि घरमा पुगे वित्तिकै मोक्तानले आफ्नो अनुभव यसरी सुनाएका छन् ।

‘ढाका क्लबमा भएको विहेपाटीनै मेरो अन्तिम कार्यक्रम थियो । त्यसपछि अब कार्यक्रममा नजाने घरमै बस्ने भनेर निर्णय गरेका थिए । घर बसेको भोलिपल्ट अलि अलि जीउ दुख्न थाल्यो । त्यसपछि दिनप्रतिदिन जीउ दुख्ने, ज्वारो, हाछ्युँ र खोक्न थालेपछि सिडिएमए क्लिनिमा गएर जाँच गरे । एक हप्ता जति टयानल र औषधी खाएर घरमै विताए । त्यसपछि निमोनिया हुनका साथै एक्कासी सास फेर्न अतिनै गारो हुन थालेपछि अस्पताल गए । त्यतिखेर मुखबाट बोली निस्कन निकै कठिन भइरहेको थियो । अस्पतालमा पुग्ने वित्तिकै कोरोना भएको पुष्टि गरियो ।

सास फेर्न निकै कठिन हुनुका साथै बोल्न सकिन्नथ्यो । अस्पतालमा जाँच गरेको केही दिनपछि फोन चलाउन मन लाग्यो । फोनमा धेरै मिसकलहरु आएको रहेछ । धेरै म्यासेजहरु पनि आएको रहेछ । त्यतिखेर सम्म परिवार र नजिकका आफन्तहरुलाई बाहेक कसैलाई पनि थाहा थिएन मलाई कोरोना लागेको भन्ने कुरा । मैले पनि कसैलाई सुनाएको थिएन । फोन आउदा पनि कसैसँग बोल्न सक्दैनथेँ । । त्यतिखेर मनमा ३० प्रतिशत अब मर्छु होला भन्ने लागेपनि ७० प्रतिशत मर्दिन बाच्छु भन्ने लागिरहेको थियो ।

मनमा परिवारको बारे अनेक चिन्ता र सोचाईहरु आउथ्यो तैपनि आफुले आफैलाई सम्हाल्दै धैर्य गरेर बसे । त्यतिबेला मनमा म मात्र होइन कैयो विरामीहरु यतिबेला अस्पतालको शैथ्यामा जीवन र मृत्युको दोसाधमा संघर्ष गरिरहेको महसुस गरे । अब मैले आफु कोरोना संक्रमित भएको सवैलाई जानकारी दिएमा अरुलाई पनि फाइदा हुन्छ की भन्ने मनमा लागेर आफनो तस्विर खिचेर आफनो बारेमा सार्वजनिक गरे । त्यो गर्नुको कारण आफु त कोरोना लागेर यहा पुग्यो अरुहरु नलागेकोहरु कोही बाहिर ननिस्कोस् अरुहरु सुरक्षित होस् भन्नुको साथै आफनो स्वस्थ्य लाभको लागि पनि प्रर्थनाको आशा गदै मैले सार्वजनिक गरेको थियो । भगवानको कृपा र सवैले मप्रति गरेको प्रर्थनाकै कारण मेरो स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुदै आएपछि चिकित्सकको राय अनुसार आज घर आइपुगियो । यतिखेर मैले कोरोनालाई जितेको महसुस भइरहेको छु ।

अहिलेको यो कोरोना महामारिमा तपाईहरु कोही पनि बाहिर नजानुस् । साधारण रुघाखोकी लाग्यो भनेर आत्तिनु हुदैन । जीउ दुख्यो र रुघाखोकी लाग्दैमा कोरोना लाग्यो की भनेर अस्पतालमा जानु हुदैन । अलि अलि सन्चो हुदै अस्पतालमा गएमा निरोगी पनि रोगी हुन सक्छ । श्वासप्रश्वासमा एकदमै कठिन भयो भने मात्र तुरुन्तै अस्पताल जानु पर्ने रहेछ । कोरोनानै लागेपनि आत्तिनु हुदैन । रोगप्रतिरोधात्मक क्षमता बलियो हुनेले कोरोनालाई सजिलै जित्ने रहेछ । कोरोनाबाट गम्भिर विरामी भएकोहरु पनि वेलैमा उपचार पाएमा बाँच्ने रहेछ ।’
जनचेतनाका लागि एभरेष्ट टाइम्स न्युजबाट लिइएको हो ।

वि.सं.२०७६ चैत १७ सोमवार ०९:२१ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...