back
CTIZAN AD

अमेरिकाको प्रत्येक राज्यमा हेल्प डेस्क स्थापना गर्न नेता केसीको जोड

वि.सं.२०७६ चैत १७ सोमवार

702 

shares

यस महामारीले धनि, गरिब, ठूलो, सानो केहि भन्दैन तसर्थ पीडामा परेका परिवारहरूलाई ढाडस, सहयोग र आत्मवल समयमै दिनु छ । यसबाट हामी चुक्यौ भने समय र समाजले हामीलाई कहिल्यै माफ गर्ने छैन ।

३० मार्च । अमेरिकाबाट धनंजयनरसिंह केसीले कोभिड १९ ले विश्व आक्रान्त बनेको बेला सबै एकैठाउँमा जुट्नुको विकल्प नरहेको बताएका छन् ।

नेपाली जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका केसीले विशेष गरी अमेरिकामा रहेका नेपालीहरुलाई सहि सूचना दिन र आवश्यक परे सहयोग गर्न प्रत्येक राज्यमा हेल्प डेस्क स्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । उनी भन्छन् ‘यस महामारीको सामान गर्नु भन्दा बाहेक अर्को बिकल्प पनि त हाम्रो अगाडी छैन । यस्तो समयमा एकता नै बल हो । यस सॅग लड्नको लागी हामीलाई अहिले सामुहिक एकताको खॉचो छ ।’

सामाजिक सञ्जालमार्फत आग्रह गर्दै उनले लेखेका छन् :

कोरना भाईरसको महामारीले अहिले बिश्व आक्रान्त छ। यस महामारीबाट अमेरिका र अमेरिकामा बस्ने नेपाली समुदाय पनि पीडित र आक्रान्त बनिसकेको छ। यस जटिल परिस्थितिमा हामिले धैर्य नगुमाई नेपाली समाजलाई जोगाउनु हाम्रो प्रमुख दायित्व र कर्तव्य पनि हो ।

दुःखको बेलामा हामीले लगाउने सानो मलम पट्टि र सानै सहयोगले पनि ठूलो मद्दत गर्न सक्छ। यस भाईरसको कारण कति नेपाली दाजु भाई दिदि बहिनिहरू हस्पिटलको बेडमा अहिले छटपटाई रहनुभएको छ । कति परिवारले जागिर गुमाउनु भएको छ । हरेक परिवारमा अहिले बेचैन बढेको छ। अनिश्चता छ । कयौ परिवारहरू एक्लिएका छन् । सामाजिक अपेहेलना डरले पनि कतिले बाहिर अभिब्याक्त गर्न सक्नु भएको पनि छैन। एक किसिमको उकुस मुकुस छ । यसलाई समालि हाम्रो समाजको आत्मबल कमजोर हुन नदिनु हाम्रो पहिलो दायित्व र धर्म हो ।

यस महामारीले धनि, गरिब, ठूलो, सानो केहि भन्दैन तसर्थ पीडामा परेका परिवारहरूलाई ढाडस, सहयोग र आत्मवल समयमै दिनु छ । यसबाट हामी चुक्यौ भने समय र समाजले हामीलाई कहिल्यै माफ गर्ने छैन । हाम्रो अगाडी, चुनौति र सम्भावना दुवै छन् । अर्को कुरा यस महामारीको सामान गर्नु भन्दा बाहेक अर्को बिकल्प पनि त हाम्रो अगाडी छैन । यस्तो समयमा एकता नै बल हो । यस सॅग लड्नको लागी हामीलाई अहिले सामुहिक एकताको खॉचो छ । तसर्थ हामीले आफ्नो पार्टि, जात, समुदाय, स्वार्थ भन्दा माथि उठेर बिशेष गरि स्वास्थ्य क्षेत्रका बिज्ञ, पत्रकार, ब्यबसायी, बैज्ञानिक, ईन्जिनियर, समाजसेवी र नेपाली दुतावास सबैलाई समावेस गरेर नेपाली राजदुतावासकै नेतृत्वमा प्रत्येक राज्यमा कम्तिमा एक एक वटा भए पनि हेल्प डेक्स (HELP DESK) स्थापना गरी अगाडी बढन् पाए थप प्रभावकारी हुने थियो । यसो गर्दा त्यहि हेल्प डेक्स मार्फत आधिकारिक सुचना, विज्ञहरू हुने भएकोले परिस्थितीको सहि आकलन, त्यहि अनुरूपको तयारी र समुदायमा आधिकारिक सुचना प्रवाह हुन सक्ने थियो। यसो गर्दा काम गर्न पनि सजिलो र गरिएका सहयोग पनि प्रभावकारी हुन सक्छ। सहि सुचनाको आधारमा आबश्यक तयारी पनि समयमै हुन सक्ने थियो ।

यो दुस्खको बेलामा सबैलाई समेटर, सबैलाई मान्य हुने गरि अगाडी बढ्नु बाहेक अर्को बिकल्प हाम्रो अगाडी छैन। नेपाली दुतावासले यसको गाम्भिर्यताालाई समयमै बुझ्न जरुरी छ। यदि नेपाली दुतावासले आबश्यक ठानेन भने हामीले अर्को बिकल्पको लागी पनि छलफल गर्न सक्छौ । यो नेपाली समाजको लागी अहिलेको अपरिहार्यता हो । यति तयारी नगरे हाम्रो समाज र समुदायलाई जोगाउन गाह्रो हुन सक्छ । यो मेरो नितान्त नीजि बिचार हो । यस बिषयमा आउनुस समयमै हामी सबै मिलेर खुल्ला बहस गरौ । प्रभावकारी हुने देखियो भने समयमै अगाडी बढ्न सक्छौ । परिस्थिति कति सम्म भयावह र अनिश्चित हुन्छ यो आजै सहजै कसैले अनुमान गर्ने स्थिति पनि छैन । तसर्थ हामीले आजैबाट तयारी थाल्न जरुरी छ। हाम्रो यति तयारी भोलिको लागी अपुग हुन सक्छ ।

वि.सं.२०७६ चैत १७ सोमवार ०९:१६ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...