back
CTIZAN AD

कोरोनाको कहरः यी हुन् क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

वि.सं.२०७६ चैत १७ सोमवार

852 

shares

१७ चैत, काठमाण्डौं । हामी धेरैलाई थाहा भाइसक्यो कि, विदेशबाट फर्किएर आएपछि होम क्वारेन्टाइन तथा स्थानीय निकायले तोकेको ठाउँ वा अस्पतालको क्वारेन्टाइनमा बस्नु पर्दछ भन्ने । तर, क्वारेन्टाइनमा बस्दा के–के गर्नुपर्दछ भन्ने जानकारी भने कमैलाई थाहा हुन्छ । कतिपयले क्वारेन्टाइनका बारेमा पूर्णरुपमा थाहा नहुँदा त्यहाँ बस्नका लागि अप्ठेरो मानिरहेको र त्यसैका कारण समाजमा विभिन्न समस्याहरु पनि देखिएका छन् ।

स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी ‘डिजिज कन्ट्रोल डिभिजन’ का अनुसार क्वारेन्टाइनमा बस्ने व्यक्तिले पालना गर्नुपर्ने १५ नियमहरुको यसप्रकार रहेका छन् ।

१-म प्रर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्ने छु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२-म छुट्टै वाथरुम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरुम र शौचालय आफै सफा गर्नेछु ।

३-म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४ -म घरभित्र साझा रुपमा प्रयोग हुने ठाउँहरु जस्तै भान्सा, शौचालमा मेरो आवत जावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरुमा प्रयाप्त भेन्टिलेशन भएको (वा झ्याल खुला रहने) सुनिश्चित गर्नेछु ।

५- म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरुमा जाँदिन र सार्वजनिक यातायताको प्रयोग गर्दिन ।

६- म नियमित रुपमा आफ्नो हात साबुन र पानीले मिचि मिचि २० सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहल युक्त हेण्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोई मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७- मैले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाँडा, तौलीया र रुमाल, ओछ्यान वा अन्य सामानहरु घरका अन्य व्यक्तिहरुसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी समानहरु साबुन पानीले सफासँग धुनेछु ।

८- अन्य व्यक्तिहरुसँग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९- यदि अनय व्यक्तिहरुसँगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मीटर (३ फिट) को दूरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१० -खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्नेछु ।

११-म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु,रुमाल मास्क र अन्य चीजहरु छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने छु र फालेपछि तुरुन्तै कम्तिमा २० सेकेण्ड सम्मका लागि आफ्ना हातहरु साबुन र पानीले मिचि मिचि धुनेछु । रुमाल वा पुन ः प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२ -म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त गर्ने निर्देशनहरुको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधै तयार रहनेछु ।

१३- म क्वारेनइनमा रहँदा आफ्नो शरीरको तापकक्रम दैनिक एकपटक जाँच्नेछु र दिइएको फारममा रेर्कड गर्नेछु । मलाई दिइएको निर्देशन अनुसार १४ दिन दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४ -कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरु भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशनहरु अनुरुप गर्नेछु ।

१५- म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको पूर्व अनुमुति विना क्वारेन्टाइनमा स्थान भन्दा बाहिर यात्रा गर्नेछैन ।

वि.सं.२०७६ चैत १७ सोमवार १३:२४ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...