१७ चैत्र, काठमाडौँ । प्रदेश नं ५ पश्चिम नवलपरासीको सुनवलस्थित महाकवि देवकोटा नमुना विद्यालयले सहयोग हस्तान्तरण गरेको छ ।
विद्यालयका शिक्षकको तलब तथा व्यवस्थापन समितिका सदस्यहरुको सहयोग समेत जम्मा गरी रु. १ लाख ११ हजार रुपैयाँ हस्तान्तरण गरिएको बताइएको छ ।
सो विद्यालयका प्राध्यानाध्यापक खेमलाल शर्माले सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा क्षेत्रीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । कोरोना विरुद्धको लडाईमा सुनवल नगरको कोषमा जम्मा हुने गरी सो सहयोग जुटाइएको प्राध्यानाध्यापक खेमलाल शर्माले संसारन्यूजलाई बताएका छन् ।
वि.सं.२०७६ चैत १७ सोमवार १४:२२ मा प्रकाशित






























