back
CTIZAN AD

नगद प्रवाहमा करिब ३४ अर्ब बृद्धि हुदै, अर्थतन्त्रमा कस्तो असर पर्छ ?

वि.सं.२०७६ चैत १७ सोमवार

903 

shares

१७ चैत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीको कारणले उत्पन्न असहज परिस्थितिले मूलुकको आर्थिक क्षेत्रमा असामान्य परिस्थिको सृजना भएको भन्दै बिभिन्न सहुलियतका कार्यक्रमहरु लागू गराउन बैंक तथा बित्तिय संस्थाहरुमा परिपत्र जारि गरेको छ । राष्ट्र बैंकले क, ख र ग बर्गका बैंक तथा बित्तिय संस्थाहरुको अनिबार्य नगद मौज्दात (सिआरआर) ३ प्रतिशत कायम गरेको छ । यस अघि यो अनुपात ४ प्रतिशत थियो ।

“बैंक तथा बित्तिय संस्थाहरु मार्फत ३३ अर्ब ८३ करोड ६१ लाख ३८ हजार ९ सय ६४ बढी नगद प्रबाह हुने देखिएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार बैक तथा बित्तिय संस्थाहरुले कूल ३३ खर्ब ८३ अर्ब ६१ करोड ३८ लाख ९६ हजार ४ सय निक्षेप संकलन गरेका छन । यसरी हेर्दा साबिकमा कूल निक्षेपको ४ प्रतिशत अर्थत १ खर्ब ३५ अर्ब ३४ करोड ४५ लाख ५५ हजार ८ सय ५६ नगद मौज्दात गर्नु पर्ने थियो । तर राष्ट्र बैंकले १६ गते एक परिपत्र जारि गर्दै यो दर १ पतिशत घटाएर तीन प्रतिशत कायम गरेको छ । यसो गर्दा बैंकहरुले १ खर्ब १ अरब ५० करोड १४ लाख १६ हजार ८ सय ९२ मात्र अनिबार्य मौज्दात गरे पुग्छ । यसरि हेर्दा अब बैंक तथा बित्तिय संस्थाहरु मार्फत ३३ अर्ब ८३ करोड ६१ लाख ३८ हजार ९ सय ६४ बढी नगद प्रबाह हुने देखिएको छ ।

राष्ट्र बैंकले हालको असहज परिस्थितीमा यो निर्णयले केहि राहात दिने बताएको छ । तर अर्थबिद्हरुले राष्ट्र बैंकको निर्णयले बैंकमा पैसा छ है भनेर जनतालाई ढाडस दिने भन्दा अरु केहि नगर्ने बताएका छन ।

अर्थतन्त्रमा कस्तो प्रभाब पर्ला ?

अहिले मूलुक बन्दाबन्दीको अबस्थामा छ । उत्पादनमूलक उद्योगहरु बन्द छन । केहि आयत गरिएका ग्यास, खाद्यान्न र औषधि बाहेकका समाग्रीहरुको व्यवसाय ठप्प जस्तै छ । यस्तो अवस्थामा राष्ट्र बैंकले सिसिडि रेसियो घटाउँदा अर्थतन्त्रमा कुनै प्रभाब पर्नें देखिदैन । ‘यो हामीसंग चाहिए जति पैसा छ है भनेर दिइृएको ढाडस मात्र हो ।’ राष्ट्र बैंकका पूर्ब गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले भने ‘यो कमाएर खाने बर्गलाई काम लाग्दैन । लग्छ त केबल पछि कमाएर तिर्ने आधार भएकाहरुका लागि ।’

त्यस्तै त्रिभुुबन बिश्वविद्यालयका प्राध्यापक अर्थशास्त्री डा चक्रपाणि लुईटेलको पनि भनाई उस्तै छ । उनका अनुसार अहिले बजारमा पैसा पठाउने भनेको आयतीत बस्तुहरुलाई सरलिकृत गर्न मात्र हुन्छ । यसले हाम्रो अर्थतन्त्रमा कुनै सकारात्मक प्रभाब पर्नेदेखिदैन । ‘बन्दाबन्दी खुले पनि हाम्रो अर्थतन्त्र पहिलेकै अबस्थामा फर्कन कम्सेकम २ महिना त लागि हाल्छ ।’ लुईंटेलले भने ‘त्यतिन्जेल हाम्रो अर्थतन्त्रको स्वरुप उपभोगमूखि नै हो।’

वि.सं.२०७६ चैत १७ सोमवार १२:१४ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...