back
CTIZAN AD

बजार मूल्यभन्दा बढीमा स्वास्थ्य सामाग्री खरिद गरिएको भन्दै रसायन तथा मेडिकल आपूर्ति संघको आपत्ति

वि.सं.२०७६ चैत १७ सोमवार

957 

shares

१७ चैत, काठमाण्डौं । रसायन तथा मेडिकल आपूर्ति संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजार मूल्य भन्दा बढी गुणस्तरमै प्रश्न उठेका स्वास्थ्य सामाग्री केही निश्तिच व्यवसायीमार्फत खरिद गरेको भन्दै प्रश्न उठाएको छ ।

आफूहरुसँग कोटेशन मागिएको र कोटेशन इमेलबाट पठाइ सकिएको अवस्थामा पनि स्वास्थ्य सेवा विभागबाट उक्त खरिद प्रक्रियामा संलग्न व्यवसायीलाई पुन कोटेशन सहित छलफलको लागि स्वास्थ्य मन्त्रालयमा बोलाई सम्झौताको लागि पुनः बोलाउने भनेपनि पछि त्यसलाई वेवास्ता गरीएको बताएको छ ।

संघले व्यसायीसँग कोटेशन मागेपनि पछि निश्चित व्यवसायी संग मात्र प्रचलित बजार भन्दा अधिक मूल्यमा अधिकारीक श्रोत नखुलेका र गुणस्तरको वेवास्ता गरी खरिद गरिएका समानहरुको नतिजा के हुने भन्ने प्रश्न समेत संघले उठाएको छ ।

माघ २५ गते स्वास्थ्य सेवा विभागबाट माग भए बमोजिम संघमा अवद्ध तथा अन्य गरी १९ संघसंस्थाले आवस्यक सामाग्रीको कोटेशन माग गरिएको र व्यवसायीले उक्त कोटेशन इमेलमार्फत पठाइएकोमा पटक पटक छलफल हुँदा पनि समय अनुसार खरिद आदेश प्रदान गर्ने निर्णयको प्रक्रिया हालसम्म नभएको भन्दै आपत्ति जनाएको हो ।

‘त्यस महाशाखाबाट आवस्यक स्वास्थ्य सामाग्रीहरुको कोटेशन इमेलबाट पठाउनका लागि आग्रह भए बमोजिम विभिन्न व्यवसायीले इमेलबाट कोटेशन पठाएको व्यहोरा जानकारी गराउँदछौं । उक्तरोक्त विषयको प्रमाणहरु यस संघसँग सुरक्षित रहेको समेत जानकारी गराउँदछौं ।’ संघका अध्यक्ष सुरेश घिमीरेद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

संघले PCR kits बनाउने आधा दर्जन बढी कम्पनीले USFAD Certification  पाइसकेको अवस्थामा गुणस्तरको वेवास्ता गरि खरिद गरिएको समान Rapid Kit हरुबाट पनि स्पेनको जस्तो नियति भोग्नु नपरोस् भनि सजग हुन जरुरी रहेको बताइएको छ ।

वि.सं.२०७६ चैत १७ सोमवार ११:५८ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...