back
CTIZAN AD

अमेरिकाबाट सरकारलाई प्रभु थापाको सुझाव – घेराबन्दीमा पार्ने र लान्छाना लगाउने दुवैलाई कोरोनालाई जत्तिकै तिरस्कार गर

वि.सं.२०७६ चैत १७ सोमवार

903 

shares

सरकार, यो संकटको अवस्थामा जनतालाई अभिभावकको भूमिका निर्वाह गर्दै अगाडी बढनु पर्दछ जिम्मेवारीमा रहेकाहरूले गैर्हजिम्मेवारहरूले के भने भनेर अल्मलिनु हुदैन । यसमा अल्मलिदा र तिनिहरूका प्रश्नको जवाफ दिदा समयले पर्खदैन प्रत्येक सेकेन्डको महत्व छ ।

अमेरिकामा रहँदै आएका प्रभु थापाले अहिलेको जटिल अवस्थामा नेपाल सरकारलाई आफ्नो तर्फबाट सुझाव दिएका छन् । प्रबासी नेपाली एकता मञ्च अमेरिकाको अध्यक्षसमेत रहेका थापाले सरकारले अहिलेको अवस्थामा गर्नुपर्ने केही सुझावहरु राखेका छन् ।

उनी भन्छन् समयमै ज़िम्मेवारीमा रहनेले ईमानदारीका साथ काम गरौ र ज़िम्मेवारीमा नरहेकाले जनचेतना जगाउदै सरकारमा रहेकाहरूलाई खवरदारीका साथ सहयोग गरौ । यो जनता बचाउने समय हो । ’

उनको सुझाव यस्तो रहेको छ :
“नेपाल सरकार आपतकालिन अवस्था घोषणा गरि जनताको सुरक्षा गर । केहि थान माफिया र तिनका मतियार नेता संसादहरूको नकरात्मक कुरा नसुन । यी मानिसहरू सरकारलाई जसरी पनि घेरावन्दीमा राख्ने सकेसम्म केही गर्नै नदिने नसके गरेका काममा अनेक लान्छाना लगाएर बदनाम गराउने घूणित कार्यमा छन । तिनका विरोधलाई कोरोनालाई जत्तिकै तिरस्कार गर । संकटको समयमा जनताको श्वाथ्यलाई पहिलो प्राथमिकता देउ । सम्पूर्ण नागरिकलाई घर वाहिर निस्कना नदेउ । सेना मार्फत टोलटोलमा सबै नागरिकलाई अति आवश्यक कुराहरू घरघरमा पुराउँ । उपचारका लागि आवश्यक सबै साधनश्रोत परिचालन गर । कोरोनाको उपचार नगर्ने हस्पिटलहरू सदाको लागि बन्द गर्ने निर्णय गर ।

हामी संसारको सबैभन्दा शक्तिशालि र उच्च स्वास्थ्य सुविधा भएको मुलुक अमेरिकामा बसेर त कुनै सुविधा पाएका छैनौ । हाम्रो जस्तो मुलुकमा सरकारले जे जति गरेको छ, त्यसप्रति नतमस्तक हुँदै २४ सै घन्टा जनताको सेवामा खट्ने नेता र मन्त्रीहरूलाई हतोत्साहित गराउन खोज्ने अराष्ट्रीय तत्त्वाहरूलाई कोरोना भाईरससगै निर्मूल पार्नु पर्दछ । त्यसैले सरकार यो संकटको अवस्थामा जनतालाई अभिभावकको भूमिका निर्वाह गर्दै अगाडी बढनु पर्दछ जिम्मेवारीमा रहेकाहरूले गैर्हजिम्मेवारहरूले के भने भनेर अल्मलिनु हुदैन । यसमा अल्मलिदा र तिनिहरूका प्रश्नको जवाफ दिदा समयले पर्खदैन प्रत्येक सेकेन्डको महत्व छ । माफियाहरू अनेक वाहनामा सरकारको गति कम गराउन र असक्षम प्रमाणित गराउन चॉहिरहेका छन । हिजो पिपिई छैन भन्नेहरू आज महँगो भयो भन्दैछन । यस्ता देश कोरोनाको माहमारीमा फस्दा रमाउनेहरूले केही गुमाउने छैनन । तर, यो संकटलाई सही तरीकाले समाधान गर्न नसक्दा सरकार मात्र होईन सिङ्गो नेकपाले पुरै जनमत गुमाउने छ ।

समयमै ज़िम्मेवारीमा रहनेले ईमानदारीका साथ काम गरौ र ज़िम्मेवारीमा नरहेकाले जनचेतना जगाउदै सरकारमा रहेकाहरूलाई खवरदारीका साथ सहयोग गरौ । यो जनता बचाउने समय हो । बाच्न सकियो भने यो समयमा भएका राम्रा र नराम्रा सबै कामको हिसाव किताव खुल्ला हलमा हजारौ जनताको विचमा गरौला । अहिले घरभित्र लुक्ने समय हो लुक्दा तपाईले केहि नपाए पनि तपाईको जीवन त सुरक्षित हुन्छ ।”

वि.सं.२०७६ चैत १७ सोमवार ११:१९ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...